Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday 20 April 2012

किन युवतीहरु खराब केटा मन पराउँछन् ?


असल, नम्र र भद्र युवकको सट्टा युवतीहरु किन स्वार्थी, ढँटुवा, गफाडी, अभद्र युवकलाई मन पराउँछन् । यसको जवाफ वैज्ञानिकहरुले खोजेका छन् । वैज्ञानिकहरुका अनुसार स्वाभाविक ढंगमै युवतीरु खराब युवकतर्फ आकर्षित भैरहेका हुन्छन् अनि केही समय पछि उनीहरुले मूल्याकंन गर्दै आफैसँग सोध्छन्, म किन सधैं खराब केटा नै फेला पार्छु ?


न्यू मेक्सिको स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार यसमा तीन खराब तत्वले काम गर्छन् । उनीहरुले ती तत्वलाई ‘डार्क–ट्राइड’ नाम दिएका छन् । ती तीन तत्व न्यार्सिसिज्म, म्याकियाभेलिनिज्म साइकोप्याथी हुन् । यस्ता तत्व भएका खराब केटा जसरी पनि महिलालाई फसाउन लागिपर्ने स्वभावका हुन्छन् ।


खराब केटामा रहने तीन तत्वलाई नेपालीकरण गर्दा न्यार्सिसिस्टिक पर्सनालिटीले कम सहानुभूति भएको अंहकारी र पूर्ण स्वार्थी भएको अर्थ दिन्छ, त्यस्तै म्याकियाभेलियन पर्सनालिटीले धुर्त, शोषक, ढाँट्नमा अब्बललाई प्रतिनिधित्व गर्छन् । यस बाहेक द साइकोप्याथ पर्सनालिटी अर्थात्  एन्टि सोसियल पर्सनालिटीले परिणामको ख्याल नगरी आवेशमा आएर गलत बाटो अख्तियार गर्ने, सतही आकर्षणमा रोमाञ्चको मज्जा लिन खोज्ने स्वभाव जनाउँछ ।


पश्चिमाहरुले यी ती तत्व सामेल भएको राम्रो प्रतिनिधि पात्रका रुपमा जेम्स बन्डको उदाहरण दिएका छन् । जेम्स बन्ड संवेदनशील पुरुष होइनन्, तर उनले सधैं राम्री युवती फेला पार्छन् । यी तत्व भएका युवाहरुलाई युवतीहरु जिस्किने, ठट्यौली मन पराउने युवकका रुपमा हेर्छन र उसको कुरा सुनेर रमाउँछन् 


युवतीहरु त्यस्ता युवकलाई आत्मविश्वासी मान्छन् र लहसिन्छन् । युवतीहरुलाई यस्ता युवक ढुसी हुन्, जसले आफ्नो बिष युवतीहरुलाई सारिरहेका छन् भन्ने थाहा हुँदैन, जतिबेला उनीहरु यो वास्तविकता बुझ्छन्, समय हुइँकिसकेको हुन्छ ।


इलिनोइसस्थित ब्राड्ली युनिभर्सिटीका डेभिड स्मिथले भर्खरै क्योटोमा सम्पन्न मानव व्यवहार र समाज विकास सम्बन्धी सम्मेलनमा यो विषयमा आफ्नो अध्ययन पेश गरेका थिए । उनले खराब युवक आकर्षणको प्रवृत्ति पश्चिमा समाजमा मात्र सीमित नभएर विभिन्न मुलुक र संस्कृतिमा देखा परिसकेको बताएका छन् । खराब युवक आकर्षण भाइरस जसरी फैलिइरहेको छ ।

No comments:

Post a Comment