Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 28 April 2012

अष्ट्रेलियामा साढे तीन लाख संकलनचेपाङहरुका लागि


सिड्नी । नेपालका चेपाङ समुदायलाई सहयोग गर्ने उदेश्यले अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको पहलमा करिव साढे तीन लाख नेपाली रुपैयाँ संकलन गरिएको छ । नेपालका अति पिछडिएका र अति विकट क्षेत्रमा बस्ने चेपाङ समूदायलाई सहयोग गर्नका लागि अष्ट्रेलियाको सिड्नीमा उक्त रकम संकलन गरिएको हो। संकलन गरिएको रकम नेपालको धादिङ, चितवन र मकवानपुरका विकट क्षेत्रमा बसोवास गर्ने चेपाङ समुदायहरुको जीवनस्तर उकास्नका लागि खर्च गरिने सहयोग अभियानका संयोजक डिला खरेलले जानकारी दिनु भयो ।
खरेलले दिनु भएको जानकारी अनुसार नेपालमा रहेका चेपाङ समुदायको जीवनस्तर उकास्ने काम गर्दै आएको हेल्प नेपाललाई संकलित रकममध्ये एक लाख ५० हजार रुपैयाँ दिइनेछ भने बाँकी २ लाख रुपैयाँ नेपालमा अक्षयकोष स्थापना गरिने छ । अक्षक कोष स्थापान गरिसकेपछि प्रत्येक महिनाका दश हजारका दरले नियमित कोषमा पैसा जम्मा गरिने छ । खरेलका अनुसार कोषमा केही वर्षमै ५ लाख पुर्‍याइने छ ।
अक्षय कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि अष्ट्रेलियामा बस्ने तीनजना नेपाली, एक जना चेपाङ समुदायवाट, चितवनको भरतपुर नगरपालिकाका एक अधिकृत र स्थानीय बुद्धिजीविलाई समावेश गरेर एक टोली गठन गरिने खरेलले जानकारी दिनु भयो । संकलित रकम नेपाल पठाउने तयारी भइरहेको खरेलले वताउनुभयो ।

No comments:

Post a Comment