Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 12 April 2012

विश्वको सबैभन्दा शान्त कोठा

कोकोहोलो तथा हल्लाखल्ला कसैलाई पनि मन पर्दैन । सबैले शान्त ठाउँ खोज्दछन् । शान्त ठाउँमा बस्न पाउँदा सबैले सुख र शान्ति महसुस गर्दछन् । तर अमेरिकामा एउटा यस्तो कोठा छ जुन विश्वकै सबैभन्दा शान्त कोठा हो । यो समाचार पढ्दा तपाइँलाई उक्त कोठामा गएर लामो समयसम्म आराम गर्ने रहर जाग्नसक्छ । तर विडम्बना यो कोठा यतिधेरै शान्त छ की त्यहाँ केही समय बस्दैमा तपाइँलाई अत्यास लाग्छ र मनमनै डर समेत लाग्न थाल्छ ।
गिनिज बुकमा विश्वकै सबैभन्दा शान्त कोठाको रुपमा नाम लेखाएको अमेरिकाको वरफिल्ड प्रयोगशालाको उक्त कोठामा अहिलेसम्म कुनैपनि मानिस ४५ मिनेटभन्दा बढि समयसम्म बस्न सकेको छैन । अझ उक्त कोठामा रातिको समयमा बस्न जो कोही मान्छे पनि डराउँछ । यसको कारण उक्त कोठा यतिधेरै शान्त छ की जहाँ तपाइँले आफ्नो मुटु धड्केको आवाज पनि गर्जिएजस्तै सुनिन्छ, फोक्सो फुकेको तथा खुम्चिएको आवाज अनौठो लाग्छ तथा पेटका आन्ध्रा समेत गड्याङगुङ गरेको आवाज प्रष्टै सुन्न सक्नुहुन्छ । उक्त कोठामा पसेपछि बाहिरी संसारबाट पूरै छुटि्टएर एक्लो भएको अनुभुति हुन्छ र आफ्ना सरीरका भित्री अंगहरुको आवाज सुन्दैमा डर लाग्न सुरु गर्छ ।
यो कोठामा अहिलेसम्म धेरै समयसम्म बसेको भनिएका व्यक्ति एक पत्रकार हुन् । उनी उक्त कोठामा सर्वाधिक ४५ मिनेटसम्म एक्लै बस्न सकेका थिए । उक्त कोठामा बाहिरबाट कुनैपनि आवाज आउन सक्दैन र भित्र समेत आवाज शोषण गर्न सबैतिर साढे ३ फुटको फाइबर ग्लास राखिएको छ । तपाइँले उक्त कोठामा हिँड्दाखेरी समेत कुनैपनि आवाज सुन्न सक्नुहुन्न किनकी त्यसरी निस्किएको आवाज समेत तपाइँको कानमा आउन पाउँदैन र भित्ता र भुइँमै शोषण हुन्छ । यो कोठाभित्र निस्कने झण्डै शत प्रतिशत आवाज भित्ताहरुमै शोषित गरिन्छ जसका कारण प्रतिध्वनी सुन्य हुन्छ र मानिसको कानले बाहिरी आवाज सुन्नै पाउँदैन । तपाइँले केबल आफ्नो बोली र सरीरबाट निस्किएका अरु ध्वनीमात्र सुन्न सक्नुहुन्छ ।
यो कोठाले सन् २००४ मै विश्वको सबैभन्दा शान्त कोठाको रुपमा गिनिज बुकमा नाम लेखाएको थियो । अहिलेसम्म उक्त रेकर्ड कसैले पनि तोड्न सकेको छैन ।

No comments:

Post a Comment