एन आर एन अस्ट्रेलियाको चुनाबमा अध्यक्षको पदका प्रमुख दाबेदार मानिनु भएका बिष्णु हमाल र उहाँको समुहका उम्मेदवारहरुको गणेश केसी प्यानल बिच प्रतिस्पर्धा हुने पक्का भएको छ । अस्ट्रेलियामा रहेका अति उच्च सिक्षा हाँसिल गरेका मिहिनेती र बौद्दिक व्यक्ति रहेको हमाल समुहका सदस्यहरुलाई धेरै एन आर एन हरुले रुचाएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । "मैले पार्टीगत रुपमा उम्मेदवारी दिएको होईन , मैले आफ्नो समाजसेवप्रतिको लगावलाई निरन्तरता दिनकोलागि उम्मेदवारी दिएको हुँ - अध्यक्षका प्रत्यासी बिष्णु हमालले भन्नु भयो "।" एन आर एनको स्थापनादेखिको मेरो अनुभब, सहभागिता , परिश्रम र क्षमताको नेपाली जनताहरुले मुल्यांकन गर्नेछन्" - उहाँको कथन थियो । "सचिब पदमा काम गरेपछी महासचिब पदको कार्यभार सम्हाल्ने क्षमता छ भनेर मैले उम्मेदवारी दिएको हुँ" - महासचिवका उम्मेदवार महेन्द्र ओलीले भन्नु भयो - "एन आर एनलाई सकारात्मक गति दिनु मेरो प्रमुख जिम्मेवारी हुनेछ । " त्यस्तै कोषाध्यक्षका प्रत्यासी भरत पोख्रेलले एन आर एनहरुले व्यक्तिको क्षमताको मुल्यांकन गर्ने हुदाँ आफ्नो प्यानलको विजय सुनिस्चित हुने पक्का भएको बताउनु भएको छ । उता अर्को प्यानलको रुपमा खडा भएका अध्यक्षका प्रत्यासी गणेश केसीले चुनाबको मैदानमा उत्रिएपछि हार जीतको लागि तयार भएको बताउनु भएको छ । सहमतिको लागि आफुले पनि धेरै प्रयत्न गरेको कुरा उहाँले व्यक्त गर्नु भयो । भनाभन र बिबादका केहि सामान्य कुराहरु देखिए पनि गैर आवासीय नेपालीहरु बिचको एकतालाई यो चुनाबमा देखिएका धारहरुले कुनै प्रभाब पारेको छैन । बाँकी ठोस परिणाम भोलि हुने निर्वाचनको नतिजाले देखाउनेछ । |
Main Option :
Sunday, 10 July 2011
एन आर एन चुनाबमा बिष्णु हमाल प्यानल र गणेश केसी प्यानल बिच प्रतिस्पर्धा हुने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment