विदेशबाट नेपालीहरुले रगत पसिना गरेर कमाएको रकमको ठूलो हिस्सा अवैधानिक बाटो भएर आउने गरेको छ। अहिले मुलुकको कुल ग्राहस्थ उत्पादनको करिब २४ प्रतिशत रेमिट्यान्सले धानेको छ। यसरी विदेशबाट स्वदेश भित्रिने पैसा अवैधानिक बाटो अर्थात हुण्डीमार्फत आउने गरेको छ। नेपाल राष्ट्र बैंकले विदेशबाट स्वदेश पैसा पठाउन विभिन्न ५३ वटा रेमिट्यान्स कम्पनीहरुला...ई स्वीकृत दिए पनि अहिले राष्ट्र बैंकको उचित अनुगमन नहुँदा त्यो भन्दा बढी अवैधानिक कम्पनीहरुले हुण्डीको नाममा रेमिट्यान्सको काम गरिरहेका छन्।
अहिले कतिपय हुण्डीका दलालहरुले मनि ट्रान्सफरको नाममा हुण्डीको काम गरिरहेका छन् भने कतिपयले राष्ट्र बैंकको विना अनुमति नै रेमिट्यान्स कम्पनीको बोर्ड राखी खुलेआम रुपमा अवैधानिक रुपमा डलरको धन्दा संचालन गरिरहेका छन्।
यसरी अवैध धन्दा गर्नेमा नविल बैंकले संचालन गरेको नविल रेमिट अग्रस्थानमा रहेको छ। नविल रेमिटले आफू नेपालको ठूलो बैंकले संचालन गरेको रेमिट कम्पनी भएको बताउँदै विश्वका विभिन्न देशबाट अवैध रुपमा हुण्डी र डलरको कारोबार गर्दै आएको छ। नविलले कोरिया, जापान, अमेरिका, अष्टे्रलिया, युरोप, मलेसिया लगायत खाडी मुलुकहरुबाट हुण्डी व्यवसायीहरुले अवैध रुपमा पठाएको पैसा नविलबाट भुक्तानी गरिरहेको छ भने नेपालबाट पनि कैयौं रकम विदेश पठाइरहेको छ। अहिले विश्वका प्राय जुन देशका हुण्डी व्यवसायीले पनि नविलबाट पैसा लिन आफ्ना ग्राहकलाई भन्ने गर्छन्।
'विश्वका विभिन्न ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यभर प्राप्त गर्न सकिने भरपर्दो माध्यम' भनी आफ्नो प्रोफाइलमा ठूलो अक्षरमा छपाएको नविल रेमिट विश्वका विभिन्न देशबाट करोडौं रकम स्वदेश भित्र्याइरहेको छ। यसरी अवैध रुपमा हुण्डी र डलरको काम गर्दा पनि सम्बन्धित निकाय मौन छ। हुन त नविल लगायत थुप्रै बैंकबाट अवैध हुण्डीबाट पठाएको पैसा भुक्तानी हुने गरेको छ।
यसरी कारोबार गर्दा पनि राष्ट्र बैंक मौन छ। राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले रेमिटेन्सलाई बैकिङ माध्यमबाट भित्र्याउने भनेर बाहिरी मुखले भने पनि यो घटनाले उहाँ पनि हुण्डी व्यवसायीको चंगुलमा परेको स्पष्ट हुन्छ। नत्रभने नविल बैंकले नै अवैध रुपमा दैनिक हुण्डी र डलर कारोबार गर्दा पनि राष्ट्र बैंक, सम्बन्धित निकाय र प्रहरी प्रशासन मौन नबस्नु पर्ने हो। उक्त रेमिट्यान्सले यसरी खुलमखुला बैंकबाट अवैध हुण्डीको कारोबार हुँदा पनि प्रशासन मौन छ। अहिले नविल रेमिटले विश्वका विभिन्न देशमा एजेन्ट राखी पैसा संकलन गर्न लगाएको छ। रातारात आकाशमै हुण्डीको अवैध कारोबार गर्दै यसका संचालकहरु कमाउन तल्लीन छन्।

No comments:
Post a Comment