नेपाली बिद्यार्थीका लागि पहिलो रोजाईको गन्तब्य मानिने अमेरिकामा यो बर्ष पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेको छ । अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक ब्युरोको सहकार्यमा इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसनले तयार पारेको पछिल्लो प्रतिवेदनले सन् २०१०/११ मा अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या करिव ८ प्रतिशतले घटेको जनाएको छ ।तथ्यांकअनुसार शैक्षिक सत्र सन् २०१०/११ मा अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १० हजार ३ सय १ छ । जबकी शैक्षिक सत्र २००९/१० मा ११ हजार २ सय ३३ जना नेपाली विद्यार्थी पढ्नका लागि अमेरिका गएका थिए । अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेको यो लगातार दोश्रो वर्ष हो । यसअघि शैक्षिक सत्र २००८/०९ मा ११ हजार ५ सय ८१ जना नेपाली विद्यार्थीले अमेरिकामा पढ्ने गरेकोमा २००९/१० मा त्यो संख्या ३ प्रतिशतले घटेको थियो ।
बितेका १६ बर्षमा अमेरिका गएका नेपाली बिद्यार्थी
शैक्षिक सत्र सन् २००८/०९ अघि वर्षेनी अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गएकोमा पछिल्लो २ वर्ष अमेरिका जाने नेपाली विद्यार्थीको संख्या घटेको हो । अघिल्लो दशकमा अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्या नाटकीय रुपमा वृद्धि भएको थियो ।
अमेरिकामा रहेका अन्तराष्ट्रिय बिद्यार्थीको स्रोत मुलुकका हिसावले नेपाल यो बर्ष ११ औं नम्बरमा परेको छ । खासगरि पछिल्लो समयमा अन्डरग्राजुएट लेभलमा पढ्न जाने नेपाली बिद्यार्थीहरुले समयमै कोर्स नसक्ने र पढाईमा ध्यान नदिने कारणले अमेरिकाले अन्डरग्राजुएट बिद्यार्थीलाई भिषा दिन कम गरेको बताइएको छ । कडाई गरिएपनि हाल अमेरिकामा पढ्न जाने नेपाली बिद्यार्थीको ५८ प्रतिशत अन्डरग्राजुएट लेभलमै रहेको प्रतिबेदनले देखाएको छ ।
कुन तहमा कति प्रतिशत नेपाली विद्यार्थी अध्ययनरत छन् ?
बिदेशी विद्यार्थीको संख्या भने अहिलेसम्मकै उच्च
अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्या यो शैक्षिक सत्रमा ८ प्रतिशतले घटेपनि अमेरिका पढ्न जाने विदेशी विद्यार्थीको समग्र संख्यामा भने ५ प्रतिशतले वृद्धि भएको छ । चिनिया विद्यार्थीको संख्यामा भएको उच्च वृद्धिले गर्दा अमेरिकाका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्ने विदेशी विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च भएको हो । यो शैक्षिक सत्रमा अमेरिकामा पढ्न जाने चिनिया विद्यार्थीको संख्या २३ प्रतिशतले बढेको छ । सन् २०१०।११ मा अमेरिकामा पढिरहेका विदेशी विद्यार्थीको संख्या ७ लाख २३ हजार २ सय ७७ जना पुगेको हो । यो संख्या २ दशक अघिको भन्दा ३२ प्रतिशतले बढि रहेको बताइएको छ । अमेरिकामा पढ्ने विदेशी विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।
अमेरिकामा बढि विद्यार्थी पठाउने ११ देशहरु
यो शैक्षिक सत्रमा अमेरिकामा २० वटा नामुद विश्वविद्यालयमै विदेशी विद्यार्थीको संख्या बढेको छ । अमेरिकामा विदेशी विद्यार्थीको संख्या यो वर्ष ५ प्रतिशतले बढेपनि उच्च शिक्षा अध्ययनरत विदेशी विद्यार्थीको संख्या अमेरिकामा उच्च शिक्षा अध्ययन गरिरहेका कुल विद्यार्थीको ४ प्रतिशत मात्र छ । अमेरिकाका क्यालिफोर्निया, न्युयोर्क र टेक्सास राज्यका विश्वविद्यालयहरुमा सबैभन्दा बढि विदेशी विद्यार्थी अध्ययनरत छन् । अमेरिकाका मुख्य १ सय ८८ वटा क्याम्पसहरुमा कुल विदेशी विद्यार्थीमध्ये ६३ प्रतिशत अध्ययनरत छन् ।
अमेरिकी अर्थतन्त्रलाई राहात
विदेशी विद्यार्थीको संख्या तिब्र रुपमा बढेसँगै अमेरिकी अर्थतन्त्रमा पनि सकारात्मक सहयोग पुगेको विश्लेषकहरुले बताएका छन् । विदेशी विद्यार्थीहरुमार्फत अमेरिकी अर्थतन्त्रमा यो बर्ष २१ अर्व डलर थप भएको अमेरिकी वाणिज्य मन्त्रालयले जनाएको छ । विदेशी विद्यार्थीले ट्युसन तथा बसोबास लगायतका खर्चबापत अमेरिकाले यो रकम हात पारेको हो ।
बिजनेस र इन्जिनियरिङमा बढि आर्कषण
अमेरिकामा पढ्नजाने विदेशी विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थी वाणिज्यशास्त्र तथा इन्जिनियरिङमा अध्ययनरत छन् । सबैभन्दा कम कृषि विषयमा अध्ययनरत रहेको तथ्यंकले देखाउँछ । तथ्यांक अनुसार सबैभन्दा बढि २२ प्रतिशत विदेशी विद्यार्थीले अमेरिकामा वाणिज्यशास्त्र पढिरहेका छन् । दोश्रोमा १९ प्रतिशत विदेशी विद्यार्थीले इन्जिनियरिङ विषय पढ्दैछन् ।
यसैगरि समाजशास्त्र, जीवन बिज्ञान, गणित तथा कम्प्युटर पढ्नेहरुको संख्या तेस्रो नम्बरमा रहेका छ । मानवशास्त्र, कला, कृषि, शिक्षा लगायतका बिषय पढ्ने बिद्यार्थीहरुको संख्या भने न्यून देखिएको छ ।
बिदेशमा अमेरिकी बिद्यार्थी
विदेशमा पढ्न जाने अमेरिकी विद्यार्थीको संख्या पनि उच्चदरमा बढेको तथ्यांकले देखाएको छ । पछिल्लो दश वर्षमा विदेश पढ्न जाने अमेरिकी विद्यार्थीको संख्या ८८ प्रतिशतले बढेको छ । बढि अमेरिकी विद्यार्थी पढ्न आउने ५ वटा देशहरुमा बेलायत, इटाली, स्पेन फ्रान्स र चीन छन् । पछिल्लो समयमा अमेरिकी विद्यार्थीहरु युरोप बाहेकका देशहरुमा पनि पढ्न जान आकषिर्त हुँदै गएका छन् । सन् २०१० मा विभिन्न देशबाट शैक्षिक उपाधि हासिल गरेका अमेरिकी विद्यार्थीहरुको संख्या तल दिइएको छ ।
Source:- Online Khabar

No comments:
Post a Comment