भारतीय पेट्रोलियम संस्थान (आईआईपी) का वैज्ञानिकहरूको एउटा टीमले पर्यावरणका लागि खतरनाक मानिने प्लास्टिकबाट पेट्रोलियम पदार्थ बनाउने नयाँ टेक्नोलजी विकास गरेका छन्। करीब एक दशकको लामो प्रयोगपछि आईआईपीका ६ जना वैज्ञानिकहरूको टीमले निर्देशक मधुकर ओमकारनाथ गर्गको अगुवाईमा यो कामयाबी हासिल गरेका हुन्। उनीहरूलाई केवल प्लास्टिकलाई डीजलमा परिवर्तनको सफलता मिलेको मात्र होइन, यसबाट बाई–प्रोडक्टको रुपमा एलपीजी ग्यास समेत प्राप्त हुनेछ। आईआईपीका प्रवक्ता एसके शर्माका मुताबिक, बेकारमा खेर गएको प्लास्टिकबाट पेट्रोलियम पदार्थको उत्पादन र तैयार गर्नु, भारतीय वैज्ञानिकहरूको एउटा ठूलोउपलब्धि हो। रिसर्च टीमका वैज्ञानिक सनतकुमारले बताए अनुसार, यस टेक्नोलजीको खास विशेषता यो छ कि तरल इन्धन–गैसोलीन र डीजल, इन्धनले यूरो ३ मानकलाई पूरा गर्दछ। यसका अलावा यो प्रक्रिया पुरै किसिमले एनभायरनमेण्ट फ्रेण्डली पनि छ, किन कि यसबाट कुनै विषाक्त पदार्थ उत्सर्जित हुदैन। स्मरणीय छ– ''वेस्ट प्लास्टिक्स टू फ्यूल एण्ड पेट्रोकेमिकल्स'' नामको यो प्रोजेक्ट कति व्यावहारिक छ भन्ने बारेमा जान्नका लागि शुरुआत सन् २००२ भएको थियो। २००६ मा टीम यस नतीजामा पुग्यो कि बेकारमा खेर गएको प्लास्टिकलाई इन्धनमा परिणत गर्न सकिन्छ। प्लास्टिकको फोहोर
एक अनुमानका मुताबिक दुनियाभरमा ३०० टनभन्दा ज्यादा प्लास्टिकको प्रयोग गरिन्छ। हरेक वर्ष यसमा १० देखि १२ प्रतिशतले बढोत्तरी भईरहेछ। पेट्रोल तैयार गर्नका लागि पोलीथीलीन एवं पोलीप्रोपोलीन जस्तो पोलीओलेफीनीक प्लास्टिक मुख्य कच्चा पदार्थ हो।
एक किलोबाट कति उत्पादन
एक किलोग्राम पोलीओलेफीनीक प्लास्टिकबाट ६५० मिली लीटर पेट्रोल वा ८५० मिली लीटर डीजल तैयार गर्न सकिन्छ। यसमा एलपीजी पनि शामिल छ।

No comments:
Post a Comment