काठमाडौं, म्यान पावर कम्पनी बाट ठगिएका युवाहरुले आइतबार प्रधानमन्त्री निवास बालुवाटर अगाडी धर्ना दिए ।
बैदेशिक रोजगारीका लागि मकाउ लैजान भन्दै सयौं जनाबाट करिब ३ करोड ५० लाख रुपैयाँ उठाई फरार रानीबारीस्थित अपरच्युनिटी म्यान पावरका संचालकमाथी कारबाहीको माग गरी उनिहरुले विरोध प्रदर्शन गरेका हुन् । म्यान पावरका संचालक केशबहादुर गुरुङ्ग, देबबहादुर गुरुङ्ग र पुष्पा गुरुङ्ग भिसा आउने भनी तोकिएको मिति अघि नै फरार भएका हुन् । बैदेशिक रोजगार विभागका कर्मचारीले बुधबार कार्यालयमा छापा मारी ५ सय २७ वटा पासपोर्ट आफ्नो नियन्त्रणमा लिई म्यानपावरमा सील गरेका थिए । मकाउ पिडित समूहले अपरच्युनिटी म्यानपावर खारेज गरी ठगी गर्नेहरुमाथी तत्काल कारबाही गर्न भनेका छन् । उनिहरुले श्रम विभाग विरुद्ध पनि नारावाजी गरेका थिए ।

No comments:
Post a Comment