Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 29 August 2011

फेसबुक र टि्वटर चलाउनेमा कुलतको खतरा

पछिल्लो अनुसन्धानले फेसबुक तथा टि्वटर जस्ता इन्टरनेट सामाजिक संजालको बढि प्रयोग गर्ने किशोरकिशोरीहरुमा मध्यपान तथा लागुऔषधको प्रयोगको खतरा बढि हुने देखाएको छ । अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा गरिएको अनुसन्धानले इन्टरनेटमा झुम्मिने किशोरकिशोरी धूमपानको लतमा फस्ने सम्भावना ५ गुणाले बढ्ने, मदिरा पिउने सम्भावना ३ गुणाले बढ्ने र गाँजा खाने सम्भावना दोब्बर हुने देखाएको हो ।

फेसबुक , माइ स्पेश तथा टि्वटर जस्ता संजालहरुमा साथीहरुका तस्वीर तथा भावना र आनीबानीको बारेमा थाहा पाएर उनीहरुकै सिको गर्ने बहानामा किशोरकिशोरी धूमपान , मध्यपान तथा लागु औषधको कुलतमा फस्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अनुसन्धानमा संलग्न जोसेफ क्यालिफानोले इन्टरनेट सामाजिक संजालमा साथीहरुले पोष्ट गरेका धूमपान तथा मध्यपान गरेका तस्वीरबाट किशोरकिशोरीहरु बढि प्रभावित हुने गरेका बताउनुहुन्छ । फेसबुक वा टि्वटरमा लेखिने स्टाटस भन्दा फोटोले हजार गुणा बढि प्रभाव पार्ने उहाँको दाबी छ ।

अनुसन्धानकर्ताहरुले यस्ता इन्टरनेट सामाजिक संजालका संचालकलाई किशोरकिशोरीहरुप्रति संवेदनशील बन्न र किशोरकिशोरीले धूमपान तथा मध्यपान गरेको र लागु औषध लिएको लगायतका तस्वीरहरु राख्न नमिल्ने बनाउन आग्रह समेत गरेका छन् । उनीहरुका अनुसार इन्टरनेटमा झुम्मिने आफ्ना बच्चाहरु यसरी विस्तारै कुलतमा फसेको बारे अभिभावकलाई पत्तो नै हुँदैन । त्यसैले अनुसन्धानका क्रममा सयमा ८६ जना अभिभावकले इन्टरनेटको प्रयोगका कारण आफ्ना छोराछोरीले रक्सी खान सिक्छन् भन्ने कुरा पत्याएनन् ।

No comments:

Post a Comment