Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday 2 September 2011

बलात्कारको आरोपमा नेपाली ठिटा अस्ट्रेलियामा जेल चलान

अर्ध निद्रामा रहेकी एक अस्ट्रेलियाली महिलासँग उनको अनुमति बिना यौन सम्पर्क गरेको आरोपमा एक नेपाली ठिटो जेल चलान भएका छन्। २२ वर्षका ती ठिटाको नाम अमित हमाल हो। उनी विद्यार्थी भिसामा अस्ट्रेलिया पढ्न गएका थिए। गत वर्ष यो मुद्दा चल्दा उनले आफू राजपरिवारको सदस्य भएको अदालतमा बताएर बच्न खोजेका थिए। अस्ट्रेलियाका मिडियामा राजपरिवारका सदस्यले बलात्कार गरेको न्युज मसलाका रुपमा छापिएको थियो।


द सिड्नी मर्निङ हेराल्डका अनुसार एक इन्डियन रेस्टुरेन्टमा होम डेलिभरी गर्ने काम गर्ने अमितले एक दिन खाना लिएर ती महिलाको घरमा गएका थिए। त्यही बेला अर्ध निन्द्रामा रहेकी महिलासँग यौन सम्पर्क गरेका थिए। पत्रिकाका अनुसार उनलाई हिजो जिल्ला अदालतले ३ वर्षको काराबासको सजाय सुनाएको हो।

अदालतमा भएको बहस अनुसार खाना अर्डर गरिएपछि अमित रोज बेस्थित ती महिलाको घरमा गएका रहेछन्। महिलाका लोग्नेले डोरबेल बज्दा बच्चाहरु उठ्लान् भनेर ढोका खुल्लै राखेका रहेछन्। लोग्ने सोफामा गएर सुतेछन् अनि स्वास्नी चाहिँ बेडतिर लागिछिन्। डिप्रेसनको औषधी खाएको हुनाले अर्धनिद्रामा लट्ठ अवस्थामा रहिछिन् उनी।

यही बेला अमित मगाएको खाना लिएर आएछन्। घरभित्र छिरेछन् र बेडमा महिलालाई देखेपछि उत्तेजित भएछन्। त्यसपछि उनको प्यान्ट फुकालेर यौन सम्पर्क गरेछन्। महिलाले लोग्ने ठानेका रहेछन्। भोलिपल्ट लोग्नेले कहाँ म हुनु भनेर भनेपछि पो छानाबाट खसे झैँ भएछन् जोडी।

यति हुँदासम्म अमितको बारेमा केही पत्ता लाग्ने थिएन होला। तर अमितले फेरि ती महिलासँग सम्पर्क गरेछन् र फेरि भेटौँ न भन्न थालेछन्। जोडीले बल्ल त्यो राति त्यस्तो कर्तुत गर्ने केटा यही हो भनेर चिनेछन्। अनि उनीहरुले प्रहरीलाई खबर गरेछन्।

हमालले भने अदालतमा यौन सम्पर्क सहमतिमै गरेको र ती महिलाले नै आफूलाई तानेर यौन आमन्त्रण गरेको जिकिर गरेका थिए। हमालका वकीलले कहाँ जबर्जस्ती गर्नु, राजीखुशीमा यौन सम्पर्क गरेको भनी अदालतमा जिकिर गरेका रहेछन्।

तर त्यति भन्दैमा अदालतले के पत्याउनु! सिड्नी विमानस्थलमा ब्याङ्कको एकतर्फी टिकट हातमा रहेको अवस्थामा गत वर्ष गिरफ्तार गरिएको रहेछ उनलाई। त्यसैले भाग्लान् भन्ने डरले पनि धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो। अब उनले तीन वर्ष त्यहीँको जेलमा बिताउनु पर्ने भएको छ।

No comments:

Post a Comment