Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday 11 September 2011

प्रधानमन्त्रीको भन्दा उनकी छोरी मानुषीको सम्पति धेरै

प्रधानमन्त्री डा बाबुराम भट्टराई र मन्त्री हिसिला यमीकी एकमात्र छोरी छिन् मानुषी यमि भट्टराई । उनको नाममा बुवा प्रधानमन्त्रीको भन्दा बढी सम्पति रहेको देखिएको छ । उनको नाममा गोरखामा १७ रोपनी भन्दा बढि पाखोवारी तथा खेत रहेको छ । १० रोपनी खेत हजुरवुवा (प्रधानमन्त्रीका पित्ता) ले बकसपत्र दिएका हुन भने ७ रोपनी भन्दा बढी पाखोवारी छोरीलाई अंश दिइएको उल्लेख छ । त्यसैगरी छोरी मानुषीको राष्ट्रिय वाणिज्य बैंकमा करिब १० लाख रुपैयाँ नगद रहेको पनि उल्लेख गरिएको छ । उक्त रकम आमा हिसिला यमिको घर बेचेर छोरीलाई अंश दिइएको तथा र जनयुद्ध कालमा उनका ठूलीआमाहरूले सहयोग स्वरुप दिएको उल्लेख छ । प्रधानमन्त्री बाबुराम भट्टराईले भने आफ्नो नाममा चार लाख रुपैयाँ नगद र दुई रोपनी पाखोबारी रहेको सम्पति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणमा चार लाख नगद मन्त्री र सभासदहुँदाको भत्ता र वेतनबाट बचेको उल्लेख गरिएको छ भने गोर्खाको खोप्लाङमा रहेको करिब २ रोपनी पाखोबारी पैतृक सम्पति उल्लेख गरिएको छ । भट्टराईले चढ्ने गरेको स्कोरपियो गाडी पार्टीको भएको विवरणमा उल्लेख छ भने प्रधानमन्त्रीकी पत्नी हिसिला यमिको नाममा सम्पति भएको विवरणमा उल्लेख गरिएको छैन ।

No comments:

Post a Comment