Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 10 September 2011

करिश्मालाई मलेसियामा खगेन्द्रको चुम्मा

टेलिभिजनमा कलाकार देखेर निकै प्रभावित हुने संसारकै होचा ब्यक्तिमा नाम लेखाएका खगेन्द थापामगर एक हप्तासम्म कलाकारहरुसंगै मलेसिया वसे । खगेन्द्रको बसाई रमाइलोमात्र हैन उनका लागि त रोमान्टिक नै रह्यो । यसअघि रेखा थापालाई किस खाएर चर्चामा आएका खगेन्द्रले मलेसियामा आयोजित हरेकजसो कार्यक्रममा चर्चित नेपाली नायिक करिश्मा मानन्धरलाई चुम्मा गरिरहेका थिए । ‘ल अव चुम्मा गर ल मलाई’ करिश्माले यति के भनेकी थिइन खगेन्द्र कुर्सी माथी चढेर करिश्मालाई लगालग किस दिन थाल्थे । उनकै नाममा आयोजना गरिएको ‘खगेन्द्र उत्सव’मा भाग लिन खगेन्द्र करिश्मासँगै मलेसिया आइपुगेका थिए ।
खगेन्द्रको फोटो खिच्नेको भिड किच्चि ओराङ यो मलेसियन शब्द हो । यसलाई नेपालीमा उल्था गर्दा -कति सानो मान्छे) हुन्छ । गत शनिवारदेखि मलेसियामा रहेका खगेन्द्र थापा मगरलाई देख्नेहरुले यसै भनिरहेका थिए र उनको तस्विर खिच्नको लागि भिड लागिरहेको थियो । सन १९९२ को अक्टोवर १४ तारिखका दिन जन्मिएका खगेन्द्र सन २०१० अक्टोवर १८ तारिखका दिन विश्वकै सवैभन्दा होचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए, पछि उनको रेकर्ड फिलिपिन्सका युवकले खोसिदिए पनि उनको चर्चा घटेको छैन् । खगेन्द्रको उचाई २फिट २ इन्च मात्रै रहेको छ । जसको कारणले मलेसियामा खगेन्द्रको चर्चा निकै भएको थियो । प्रवासी मगर सँघ मलेसियाले आयोजना गरेको खगेन्द्र उत्सव भिजीट नेपाल २०११ को अवसरमा मलेसियामा आईपुगेका खगेन्द्रलाई हेर्नहरुको निकै भिड निकै रह्यौ । मलेसियावाट प्रकाशित हुने हरेकजसो पत्रपत्रिका र टेलिभिजनहरुले खगेन्द्रलाई निकै प्राथमिकता साथ प्रकाशन र प्रसारण गरिरहेका कारण उनी मलेसियामा सवैको नजरमा पर्न सफल भए । एक हप्तामा उनको लाखौ तस्विरहरु खिचिए । उनलाई काखमा लिएर फोटो खिच्नेहरुको भिडलाई समाल्न आयोजकलाई हम्मे हम्मे परेको थियो । खगेन्द्रलाई भेट्न पाएका नेपालीहरुले फेसवुकको प्रोफाईलमा उनको तस्विर राख्न होडबाजी नै गरे । मलेसियामा आउनासाथ पाँचतारे होटल हिलटनमा पत्रकार सम्मेलन गरिसकेपछि नेपाली र विदेशीहरुको धेरैजसोको ध्यान खगेन्द्रमै रहेको थियो । मलेसियामा रहेका धेरै संघसंस्थाले उनलाई स्वागत सम्मान गरेका छन् । केहि कम्पनीलेहरुले उनलाई मिल्ने जुत्ता तयार पारेर खगेन्द्रलाई हस्तातरण गरिसकेका छन । खगेन्द्र पर्यटन वर्ष २०११ का सदभाव दुत समेत हुन ।

No comments:

Post a Comment