Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 20 October 2011

नेपालमै ५० हजार गैरकानुनी बिदेशी कामदार

देशमा रोजगारीको अभावमा दैनिक करिव १ हजारको संख्या नेपाली युवाहरु बिदेश गइरहेका बेला नेपालमै करिव ५० हजार बिदेशी कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।

यसरी कार्यरत बिदेशी कामदार पनि अधिकांश श्रम स्वीकृति नै नलिई र सरकारलाई जानकारी नै नदिई काम गरिरहेको भेटिएपछि सरकारले अनुगमन गर्न लागेको आजको नागरिक दैनिकले छापेको छ । श्रम स्वीकृति नलिई बिदेशी कामदार लगाउने प्रबृत्ति बढेपछि अनुगमन गर्न लागिएको श्रम बिभागका महानिर्देशक मनबहादुर बिकले जानकारी दिनुभयो ।

भिसा लिंदा अधिकांश बिदेशीहरुले कार्य सहमति पत्र दिने गरेको र यसैलाई आधार मानेर उनीहरुले नेपालमा निर्वाधरुपमा काम गरिरहेको भेटिएपछि श्रम बिभागले गृह मन्त्रालयलाई यस्तो सहमति नदिने आग्रह गरेको छ । भिसा आबेदन गर्दा नै श्रम स्वीकृतिको कागज माग्न श्रम बिभागले अध्यागमन कार्यालयलाई आग्रह गरेको छ ।

नेपालमा संचालित बिदेशी कम्पनी तथा एनजीओ र आईएनजीओहरुमा करिव ५० हजारको संख्यामा गैरकानुनीरुपमा बिदेशी कामदार कार्यरत रहेको अनुमान गरिएको छ । सोही आधारमा सवै मन्त्रालयले आफ्ना मातहतका निकायमा अनुगमन थालेका छन् ।

No comments:

Post a Comment