Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 22 October 2011

सुपरस्टार अमिताभ बच्चनविरुद्ध आपराधिक मुद्धा दायर

अमेरिकामा प्रधान कार्यालय रहेको शिख धर्मावलम्वीको समूहले भारतीय फिल्म सुपरस्टार अमिताभ बच्चनविरुद्ध आपराधिक मुद्धा दायर गरेको छ । सन् १९८४ मा भएको शिखविरोधी दंगामा बच्चनको संलग्नता रहेको भन्दै उक्त समूहले अस्ट्रेलीयाली अदालतमा मुद्धा दायर गरेको हो ।



अमेरिकामा मुख्यालय रहेको न्यायका लागि शिख नामको मानवअधिकारवादी समूहले अस्ट्रेलियाको सार्वजनिक मुद्धा हेर्ने राष्ट्रमण्डल निर्देशनालयमा मुद्धा हालेको छ ।



दंगामा पति गुमाएका विधुवा पत्नी, दंगापीडित लगायतका तर्फबाट दायर गरिएको मुद्धामा दंगा पीडित कल्याण समाज तथा अल इण्डिया शिख विद्यार्थी महासंघ पनि साथ छ ।

बच्चन अहिले क्विन्सल्याण्ड विश्वविद्यालयबाट मानर्थ डिग्री ग्रहण गर्न अस्ट्रेलियामा छन् । त्यहाँ रहँदा उनले आफ्नो पहिलो हलिउड फिल्म द ग्रेट ग्यास्बीमा सुटिङ गर्ने कार्यक्रम पनि छ ।

अस्ट्रेलियाको अपराध संहिता ऐनले कुनैपनि अपराधीले अस्ट्रेलिया भित्र वा बाहिर जहाँ अपराध गरेको भएपनि आरोपी व्यक्ति अस्ट्रेलियामा भएमा र त्यसमाथि आमहत्या, युद्धअपराध, तथा मानवताविरुद्धको अपराधको आरोपमा मुद्धा हालिएमा त्यसको छानविन गर्ने अधिकार अदालतलाई दिएको छ । त्यसैले पनि मुद्धाको आधारमा आवश्यक छानविनका लागि अमिताभ पक्राउ पर्ने सम्भावना छ ।

उत्तरी भारतमा सन् १९८४ मा फैलिएको शिख विरोधी दंगा वा शिख नरसंहारमा परी २७ सय जनाको ज्यान गएको थियो । तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको शिख अंगरक्षकले हत्या गरेको विरोधमा दंगा फैलिएको थियो ।

No comments:

Post a Comment