Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 25 October 2011

अस्ट्रेलियाका नेपाली सुरक्षित

झन्डै चार दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी इन्द्रा वनले त्यहाँ बसोबास गरिरहेका नेपालीको स्तर र पहिचान उल्लेख्य रहेको बताएकी छिन् । अस्ट्रेलियामा रहेका एसियालीमूलका अन्य नागरिकमा विभिन्न समस्या र तनाव रहेपनि नेपाली समुदाय आजसम्म सुरक्षित र पहिचानयुक्त अवस्थामा रहेको उनले बताइन् ।


नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागले आयोजना गरेको \'अस्ट्रेलियामा आप्रवासी नेपालीः चुनौती र सम्भावना\' विषयक गोष्ठीमा बोल्दै नेपाली अस्ट्रेलियन एसोसिएसनकी अध्यक्षसमेत रहेकी वनले राम्रो दक्षता र क्षमता भएका नेपालीको सिड्नी, मेलवर्नलगायत सहरमा बसोबास बढिरहेको जानकारी दिइन् । अनुमानित ५० हजार नेपाली रहेको अस्ट्रेलियामा क्यानबेरामा रहेको नेपाली दूतावासले कूटनीतिक मामिला एवं जनसम्पर्क कायम राख्दै आएको छ ।


\'आफूमा दक्षता नलिई जाने र विद्यार्थी बनेर गए पनि अन्यत्र काममा खट्ने समुदायका कारण भिन्न रूपमा समस्या पनि देखिँदै आएका छन्,\' आप्रवासी समुदायमा उल्लेख्य काम गरेका कारण अस्ट्रेलियाली सरकारबाट \'द मेडल अफ द अर्डर\' सम्मान पाएकी वनले भनिन्, \'यसबेला नेपाली समुदायले एकताबद्ध सूत्रमा काम गर्नु जरुरी छ ।\'

समारोहमा प्रतिष्ठानका कुलपति बैरागी काइँला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाललगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment