Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 24 October 2011

भाइटीकाको उत्तम साइत १०: ५१ बजे

नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार नजिकै आइरहेको छ। कात्तिक ८ गतेबाट यस वर्षको तिहार सुरु छ। ८ गते काग तिहार र कुकुर तिहार, ९ गते लक्ष्मीपूजा, दीपावली शुभरात्री, १० गते गोबर्धन पूजा र ११ गते भाइटीका परेको छ।

विशेष गरी गाई, गोरु, काग, कुकुर जस्ता जनावरलाई सन्तुष्ट गराएपछि धनधान्यकी देवी लक्ष्मीलाई दीप प्रज्वलित गरी पूजाआजा गरिने तिहारलाई हर्षोल्लासको पर्वका रूपमा लिइन्छ। जुवातास खेली मनोरञ्जन गर्ने परम्परा छ। तिहारको अन्तिम दिन दिदी–बहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका, माला र टोपी लगाइदिने, टाउकोमा तेल लगाई ओखर फोरी दिर्घायुको कामना गर्ने प्रचलन नेपालीहरूमा छ। तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ। तेलको घेराले आफ्ना दाजुभाइलाई छेकेमा यमराजले छुन नसक्ने धार्मिक विश्वास छ। नेपालको पहाडिया मुस्लिम समुदायमा समेत सप्तरंगी टीका लगाउनेबाहेक दाजुभाइका निम्ति दिदी–बहिनीले अरु सबै विधि हिन्दुहरूको झैं गर्ने प्रचलन छ।



यस वर्षको भाइटीका विघ्न बाधाविहीन रहेको ज्योतिषीहरूले जनाएका छन्। वरिष्ठ ज्योतिषी अंगीरस न्यौपानेका अनुसार विशखा नक्षत्र, कौशल करण र आयुष्मान योग परेका कारण यसपटकको भाइटीका विशेष शुभ मानिएको हो। दिउँसो १२ बजेदेखि सवा १ घन्टासम्म काल बेला परेकाले त्यस समयबाहेक दिनभरि नै टीकाको साइत रहेको उनले बताए। न्यौपानेले भने, 'भाइटीकको सबैभन्दा उत्तम साइत १० बजेर ५१ मिनेट जाँदा छ। तर बिहान सूर्योदयदेखि नै ३८ घडी ४१ पलासम्म द्वितीय तिथि रहेकाले ७ बजेर ४५ मिनेटदेखि बेलुका ४ बजेसम्म भाइटीका लगाउन सकिन्छ।

यसैगरी, धनधान्यकी देवी लक्ष्मीको पूजा ९ बजेर २७ मिनेटमा र दीपावली ६ बजेर ४१ मिनेटदेखि आरम्भ गर्नु शुभ देखिएको छ। सूर्योदयअघिदेखि ५० घडी ४९ पलासम्म औंसी तिथि र चित्रा नक्षेत्र रहेकाले लक्ष्मीपूजा र दीपावलीका लागि साइत हेरिरहनु नपर्ने पनि वरिष्ठ ज्योतिषी न्यौपानेले बताए।

No comments:

Post a Comment