Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday 13 July 2012

कतै तपाईको पासवर्ड त लिक भएको छैन ?


अमेरिकी इन्टेरनेट फर्म याहूका लाखौं प्रयोगकर्ताको पासवर्ड ह्याकरहरुले लीक गरेका छन् । याहूका ४ लाख ५३ हजार भन्दा बढी प्रयोगकर्ताको पासवर्डलाई ह्याकरहरुले अनलाइनमा नै पोष्ट गरिदिएका छन् ।
 समाचारहरुमा जनाइए अनुसार याहूसँगै जीमेलसहितका वेबसाइटका प्रयोगकर्ताह्रु पनि प्रभावित हुनसक्छन् । आफूलाई बताउने समूहले यसको जिम्मेबारी लिएको छ । साइबस विज्ञहरुले प्रयोगकर्ताहरुलाई आफ्नो पासवोर्ड परिवर्तन गर्न सल्लाहदिएका छन् ।
रयोगकर्ताहरुको इमेलमा ह्याकरहरुले पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै इमले पठाइरहेका छन् । यसरी प्रयोगकर्ताहरुले याहुको आधिकारिक सूचना झैँ मानेर पासवर्ड परिवर्तन गर्दा त्यो पासवर्डको जानकारी ह्याकरले लिने र त्यसपछि प्रयोगकर्ताको इमले ह्याक हुने बताइएको छ । ह्याकरहरुले प्रयोगकर्ताको इमेलबाट उच्च प्रविधिको सहायताले विभिन्न संवेदनशील सूचना तथा तथ्यांकहरु चोर्ने गरेका छन् ।
कसरी चेक गर्ने
तपाई केही सेकेन्डमा नै आफ्नो पासवोर्ड लिक भए नभएको चेक गर्न सक्नु हुनेछ । यो सुविधा सुकुरी ल्यावले दिएको छ । पासवर्ड चेक गर्न यहाँ क्लिक गर्नुहोस् । आफ्नो इमेल एड्रेस राखेर चेक मेलमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईको पासवोर्ड लिक भए नभएको प्रष्ट हुनेछ ।

No comments:

Post a Comment