Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 29 November 2011

बेलायतमा नेपाली विद्यार्थी कुलतमा

बेलायत सरकारले स्न २००९ मार्च महिनादेखि लागू गरेको टायर–४ भिसाअन्तर्गत अध्ययनका लागि बेलायत छिरेका अधिकांश नेपाली विद्यार्थी कुलतमा फसेको भेटिएको छ। बेलायत सरकारले लागू गरेको विद्यार्थीसम्बन्धी कडा कानुनले गर्दा यहाा सञ्चालनमा रहेका निजी कलेज बन्द भएपछि बिद्यार्थीहरू कलेज छाडेर लागूऔषध पाउने ठाउा, जुवाघर ब्लक र विभिन्न मनोरञ्जन केन्द्र धाउन थालेका छन्।
बेलायतको नेपालीहरूको बसोबास बढी भएको प्लमस्टेड, अल्ड्रसट, फानब्रो, वेम्ली, हन्स्लो, क्याम्ब्रोलीलगायतका क्षेत्रमा बस्ने अधिकांश युवा कुलतमा फसेको थेम्स भ्याली प्रहरीमा कार्यरत कम्युनिटी सपोर्ट अफिसर (पिसीएओ) उमेन्द्र गुरुङले बताए। हङकङ र नेपालबाट अध्ययनका लागि आएका युवाहरूको ठूलो हिस्सा लागूऔषधको कारोबार गरेपछि प्रहरीको फन्दामा परेको गुरुङले जानकारी दिए।
'नेपालमा लागूपदार्थ सजिलै पाइने भएकाले कतिपय विद्यार्थी उतै कुलतमा फसेर बेलायत छिरेका छन्,' गुरुङले भने, 'अविभावकले नेपालमा सुधार्न नसकेर यता पठाएको पनि भेटिएको छ।'
नेपाली युवाहरूले पाकिस्तानी तथा भारतीय लागूऔषध डिलरको सम्पर्कमा रहेर स्ट्रिट डिलरको रूपमा काम गरेको पाइएको समेत गुरुङले बताए। 'औषधि खाने र बेच्नेहरू घरमा बसेर खरिद–बिक्री गर्छन्।' लागूऔषधको किनबेचमा संलग्न युवाहरूले आ–आफ्नो कार्यक्षेत्र समेत छुट्ट्याएका छन्। 'एक ठाउामा क्रियाशील व्यक्ति अर्को ठाउामा जान नपाउने उनीहरूको नियम छ,' उनले भनेे। उल्लंघन हुादा बेला बेलामा एकआपसमा हिंसात्मक झै–झगडा हुने गरेको पनि गुरुङले जानकारी दिए। 'लागूऔषध कारोबारीको ठूलै सञ्जाल यहाा सक्रिय छ, त्यो सञ्जालमा धेरै नेपाली फसेका छन्,' गुरुङले भने।
हालै मात्र लागूऔषधको विवादमा बेलायतको रेडिङमा नेपाली र पाकिस्तानीबचि कुटाकुट भएको गुरुङले जानकारी दिए। उनले नेपाली विद्यार्थी लागूऔषध र चोरीको अभियोगमा पक्राउ परेको पनि बताए। उनका अनुसार रेडिङ क्षेत्रमा सातवटा नेपालीको घरमा चोरी भएको र त्यसमा अधिकांश नेपाली युवा संलग्न रहेको पाइएको छ। सुनको चोरी अत्यधिक बढेको गुरुङले बताए।
सााझपख नेपाली बसोबास गर्ने क्षेत्रका जुवाघरमा नेपालीहरूले खचाखच भरिने गरेकोसमेत उनले जानकारी दिए। बेलायतका ख्यातिप्राप्त जुवाघरहरू कोरल, प्याडी, पावर बेट ३६५, ल्याडब्रुक, वेल्यिम हिल, टुटेस्पोर्समा विद्यार्थीलगायत अन्य पेसामा कार्यरत नेपाली नियमित जाने गरेका छन्। बेलायतमा श्रीमान्–श्रीमती दुवैले काम गर्ने चलन छ, कतिपयले हप्ताभरि कमाएको पैसा जुवाघरमा सकेर श्रीमतीको कमाइ माग्दा पारिवारमा झगडा भएर प्रहरीमा उजुरी परेकोसमेत गुरुङले जानकारी दिए।
थेम्स भ्याली प्रहरीमा पााच वर्षदेखि कार्यरत गुरुङले बेलायतमा अपराधमा नेपालीको संलग्नता क्रमशः बढिरहेको बताए। 'अभिभावकको लापरबाहीले गर्दा अधिकांश युवाहरू कुलतमा फसेका छन्, आफ्नो छोराको कमजोरी लुकाउन खोज्दा सिंगो अपराध लुकेको अभिभावकले पत्तै पाउादैनन्। त्यो विस्तारै ठूलो अपराधको सञ्जाल बन्छ,' उनले भने। गुरुङले अविभावकलाई बेलैमा सचेत भएर दुर्व्यसनमा लागेकालाई विज्ञकहाा लगेर उपचार गर्नसमेत सुझाए।
विद्यार्थीको समस्या समाधान गर्न नेपाली दूतावास बेलायतले सम्बन्धित निकायमा छलफल चलाइसकेको बेलायतका लागि नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसेले बताए। 'यो समस्या नेपालीको मात्र होइन, सबै अन्तर्राष्ट्रिय विद्यार्थीको हो। मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट आएका विद्यार्थी मर्कामा परेका छन्। मैले दक्षिण एसियाबाट आएका राजदूतसाग संयुक्त रूपमा बेलायत सरकारलाई दबाब दिन सकिन्छ कि भनेर कुरा बढाएको छु। अहिले छलफल भइराखेको छ,' राजदूत डा.चालिसेले भने। यसअघि नै समस्याको समाधानका लागि बेलायती परराष्ट्र मन्त्रालयलाई नेपाली दूतावासले आग्रह गरिसकेको पनि उनले जानकारी दिए।
नेपालीहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको जानाकारी बेलायतको सरकारी निकायले दिने गरेको नेपाली दूतावास लन्डनले पनि पुष्टि गरेको छ। दूतावास अधिकारीका अनुसार अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादाअनुरूप कुनै देशको नागरिक आपराधिक गतिविधिमा लागेर प्रहरीले पक्राउ गरेमा सम्बन्धित देशको कूटनीतिक नियोगमा जानकारी गराउने प्रचलन छ। सोहीअनुसार बेलायत सरकारले बेलाबेलामा खबर दिने गरेको छ। ती अधिकारी भन्छन्, 'आफ्नो नजिकको नियोगमा खबर गराउने वा नगराउने अधिकार अपराधमा संलग्न व्यक्तिलाई समेत हुने भएले सबै जानकारी हामीलाई आउादैन। नेपालीहरू बेलायतमा आपराधिक गतिविधिमा लागेकोबारे नेपाली दूतावास जानाकार छ, तर दूतावासको आफ्नै मर्यादा र कार्यक्षेत्र हुने हाुदा सबै विवरण थाहा हुादैन।'
गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष कुल आचार्यले नेपाली विद्यार्थी कुलतमा लागेको खबर प्रशस्त सुन्नमा आएको बताए। बेलायतमा विद्यार्थीहरूमा समस्या रहेको बताउादै आचार्यले काठमाडौंबाट विद्यार्थी भिसामा आएकी लक्ष्मी लामाले दुई साताअघि आफू बस्ने घरको सातौं तलाबाट हामफालेर आत्महत्या गरेको जानकारी दिए। आचार्यका अनुसार लामाले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन्। 'हाम्रो अहिलेको चुनौती भनेको यही नै हो सामाजिक विकृति बढ्दै गइरहेको छ, यसप्रति हामी सबै सजग हुन जरुरी छ,' उनले भने। छोरा–छोरी विदेशमा छन् भनेर नेपालमा ढुक्क भएर नबस्न अविभावकलाई आचार्यले सुझाए। अभिभवाकले आफ्नो परिवारको सदस्य विदेशमा के काम गर्छ र कस्तो व्यक्तिको संगतमा छ, त्यसको नियमित हेक्का राख्नुपर्ने आचार्यले बताए। लामालाई गरिरहेको काम छुटेपछि डिप्रेसन भएको बताइन्छ।
कलेज सञ्चालकहरू पनि विद्यार्थी कलेज नआएको स्वीकार्छन्। तर कुलतमा लागेकोबारे अनभिज्ञता देखाउाछन्। क्विन्सल्यान्ड कलेजका सञ्चालक कृष्ण भट्टले भने, 'विद्यार्थीहरूको समस्या कलेज सञ्चालकका कारण आएको भन्ने हल्ला मात्र हो। यो बेलायत सरकारको राष्ट्रिय नीति परिवर्तन भएकाले हो। विद्यार्थीहरूले निजी कलेजमा भविष्य नदेखेर कलेज छोड्नुको दोषी बेलायत सरकार भएको उनको जिकिर छ। 'विद्यार्थीले भिसा लिादा एउटा नियम थियो, बेलायत आएपछि अर्को नियम आयो, त्यसैले एक अर्को नियममा तालमेल नमिलेपछि विद्यार्थी र कलेज संचालक दुवै नियम उल्लंघन गर्न बाध्य भए। जसले गर्दा सरकारले कडा कानुन बनायो,' भट्टले भने। 'निजी कलेज धमाधम बन्द भइरहेका छन्, कुन कलेज कति बेला बन्द हुन्छ ठेगान छैन। विद्यार्थी अन्योलमा छन्। अन्योलमा परेको बेला सामाजिक र आर्थिक रूपमा सहयोग नपाएपछि बाध्यताले कुलतमा लागेको हुन सक्ने उनले बताए।
यस्तै, लामो समयदेखि बेलायतमा अध्यागमनसम्बन्धी अदालती पैरवी गर्दै आएका सोलिसिटर राजु थापाले नेपाली विद्यार्थी ठगीमा पनि संलग्न भएको बताए। विद्यार्थी र तिनका डिपेन्डेन्टको काम गर्ने अधिकार खोसिएपछि ठगी बढेको उनले बताए। 'मेरोमा ठगी सम्बन्ध बिच्छेदलगायतका मुद्दा आएका छन्। बेलायत आउादा नक्कली विवाह गरेर आएकाहरू अहिले सम्बन्ध बिच्छेदको चक्करमा छन्। सामाजिक विसंगति अत्यधिक बढेको छ,' थापाले भने। पढ्नभन्दा कमाउन बेलायत आउने संस्कृतिले समस्या आएको थापाको विश्लेषण छ। कलेजहरूलाई बेलायत सरकारले कडा अनुगमन नगर्दा कलेज सञ्चालक पैसा लिएर भाग्ने प्रवृत्ति पनि बढेको उनले बताए। 'त्यसको प्रत्यक्ष मार विद्यार्थीलाई पर्न गयो,' थापाले भने। कलेज बन्द भएपछि हजारौं विद्यार्थी गैरकानुनी रूपमा बस्न बाध्य भएको पनि उनले बताए। 'कतिपय त गैरकानुनी रूपमा तेस्रो मुलुकमा विस्थापित भएका छन्,' थापाले भने।
बेलायतमा अध्ययनका लागि आएका सयौं विद्यार्थी फ्रान्स, जर्मनी, बेल्जियम, स्पेन, पोर्चुगललगायतका देशमा गएर शरणार्थी बन्न आवेदन दिएका छन्। बेलायत सरकारले यसअघि ३ मार्च २०१०, २१ अप्रिल २०११, ४ जुलाई २०११ मा विद्यार्थीसम्बन्धी कानुन कठोर बनाएको छ।

No comments:

Post a Comment