Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 29 November 2011

हटमेलको निःशुल्क एसएमएस सेवा आरम्भ



  भारतका सूचनाप्रविधिका उद्यमी सबीर भाटियाले मङ्गलबार निःशुल्क टेक्स्ट सन्देश सेवा आरम्भ गरेका छन् भने उनले यो सेवा उनको पहिलो सेवा ‘‘हटमेल’’झैँ क्रान्तिकारी हुने दाबी गरेका छन् ।
भाटियाले १५ वर्षअगाडि हटमेल सेवा संयुक्तरूपमा आरम्भ गरेका थिए । उनले एक विज्ञप्ति प्रकाशन गरी उनको पछिल्लो सेवा ज्याक्सटर एसएमएसले यसअघि हटमेलबाट इमेलको विश्वमा छोडेको प्रभाव छोड्ने दाबी गरेका छन् ।
यो सेवा मुम्बैमा एक पत्रकारसम्मेलनमा औपचारिक रूपमा आरम्भ भएको हो । यस सेवाले टेक्स्ट सन्देश मोबाइल फोन मार्फत विश्वका जुनसुकै मुलुकमा भएका र ज्याक्सटर एसएमएस नभएका मोबाइल फोनमा पनि पठाउन सक्ने बताइएको छ ।
अन्य निःशुल्क मोबाइल म्यासेजिङ सेवा एकै प्रकारको एप्लिकेसन प्रयोग गर्ने समूहमा मात्र केन्द्रित रहेका छन् ।
निःशुल्क डाउनलोड गर्न सकिने यो एप्लिकेशन स्मार्टफोनमा उपयोग हुन्छ र यो भारतमै बनेको हो । भारतमा हाल मोबाइल फोन उपयोगकर्ताको सङ्ख्या ८५ करोड पुगेको छ । एएफपी

No comments:

Post a Comment