Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 15 November 2011

ब्रिटिस म्युजियममा वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश

वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश हटाइयो

१४ नोभेम्बर - ब्रिटिस म्युजियममा राखिएको वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देशलाई विश्व नेपाली साहित्य महासङ्घको पहलमा हटाइएको छ । ब्रिटिस म्युजियममा वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश राखेर अनावश्यक, असत्य र भ्रामक समाचार विश्व जनमानसमा फैलाईरहेको भन्दै विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव दिएपछि उक्त सन्देश हटाइएको हो । महासंघद्धारा गठित कार्यदलका संयोजक तथा वेलायतको लागि नेपाली पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा वुद्ध भारतमा नभई नेपालमा जन्मिएकाले उक्त गलत सुचना सच्याउन अनुरोध गर्दै संयुक्त पत्र पठाउनु भएको थियो ।

विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध नेपाल स्थित लुम्बीनीमा जन्मिएका हुन भनि अविलम्ब सच्चाउन आग्रह गरिएको थियो । प्रत्येक बर्ष विश्वभरबाट ६० लाख पर्यटकले अवलोकन गर्ने लण्डन स्थित ब्रिटिस म्युजियमको द डिर्पाटमेट अफ एसिया कक्ष अन्तर्गत द लाइफ अफ द बुद्ध शिर्षकमा बुद्ध भारतमा जन्मिएको भन्ने गलत सुचना प्रबाह गरिरहेको थियो ।

No comments:

Post a Comment