Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday 6 November 2011

विद्यार्थी बढी देखाउन भारतबाट भाडामा

बढी संख्या देखाई सरकारी सुविधा लिन जिल्लाका केही प्राथमिक विद्यालय र मदरसाहरूले भारतबाट भाडामा विद्यार्थी ल्याउने गरेको खुलासा भएको छ । जिल्ला शिक्षाबाट गणना हुने अघिल्लो दिन आइतबार भारतबाट ओसारिएका भाडाका विद्यार्थीसहित विद्यालयका पदाधिकारीलाई प्रशासन र स्थानीयवासीले पक्राउ गरेपछि यो खुलासा भएको हो ।

शिक्षा कार्यालयले सोमबार जिल्लाका सबै शैक्षिक संस्थामा विद्यार्थी गणना गर्ने भएकाले बढी संख्या देखाई सुविधा लिँदै आएका विद्यालय सञ्चालकले सीमावर्ती भारतीय बजारबाट भाडामा विद्यार्थी ल्याएका हन् । गणनाका तथ्यांकअनुसार विद्यार्थी नदेखिए सुविधा कटौती र कारबाही हुने भएकाले भाडामा विद्यार्थी ओसारिएको हो ।

विभिन्न स्थानबाट 'भाडामा' ल्याइँदै गरेका सयभन्दा बढी बालबालिकालाई सुनसरीका बासिन्दाले आइतबार साँझ जिल्लाका विभिन्न स्थानमा नियन्त्रणमा लिएका छन् ।

भासी गाविसस्थित तित्रीवनामा स्थानीय बासिन्दाले भाडामा सुनसरीको पश्चिम कुसहा लग्दै गरेका ५० बालबालिकालाई नियन्त्रणमा लिए ।

तित्रीवनाबाट सुनसरीको पश्चिम कुसहा लगिँदै गरेका बेला को१ज १४९१ नम्बरको म्याजिक गाडीसहित ५० जना विद्यार्थीलाई नियन्त्रणमा लिएका थिए । विद्यार्थीलाई गाडीमा कोचेर साँझ परेपछि लग्न थाल्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत तित्रीवनाचोकमा स्थानीयले गाडीलाई नियन्त्रणमा लिएका थिए ।

भाडामा ल्याउने पश्चिम कुसहास्थित बीपी किसान प्रावि व्यवस्थापन समिति अध्यक्ष्ा मोहम्मद सदरुललाई साँझ प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्ष्ाक विपिन गौतमले जनाए । उनका अनुसार विद्यार्थीलाई जनही एकदेखि एक सय ५० रुपैयाँसम्म बाँड्दै गर्दा स्थानीयको सहयोगमा पक्राउ गरिएको हो ।

उता भारतसित सीमा जोडिएको सुनसरीको श्रीपुर नाकामा पनि आइतबार साँझ बिहारबाट करिब ६० जना बालबालिकालाई स्थानीयले नियन्त्रणमा लिएर भारततिरै फर्काएका छन् ।

बिहारको भीमनगर, वीरपुर, बनेलीपटीलगायत स्थानबाट भाडामा सुनसरीको श्रीपुर र पश्चिम कुसहा ल्याउँदै गरेका बेला विद्यार्थीलाई भारतीय सीमा सुरक्षा बलको सहयोगमा स्थानीयले फर्काएका हुन् ।

नक्कली विद्यार्थीको सूची बनाई दरबन्दी, खाजा खर्च, पुस्तक, छात्रवृत्ति तथा अन्य सुविधा लिने क्रम बढेपछि जिल्ला शिक्षाले सबै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको एकै दिन गणना गर्न लागेको हो ।

विद्यार्थीहरूलाई उचित शिक्षाभन्दा राजनीतिक आडमा स्वीकृति लिई दरबन्दी, खाजा भत्ता, छात्रवृत्ति, पुस्तकको रकम र सञ्चालन खर्च लिँदै आएका जिल्लाका पश्चिम कुसहा, श्रीपुर, रामनगर भुटाहा, मध्यहर्साहीलगायत गाविसहरूमा रहेका केही विद्यालय र मदरसाहरूले भाडामा विद्यार्थी जम्मा गरेको स्थानीयले जनाए ।

जिल्ला शिक्षा कार्यालय विद्यालय निरीक्षक दुर्गाप्रसाद खतिवडाले गणनाकार्य कडाइका साथ गरिने भएकाले गलत तथ्यांक देखाएका वा अन्यत्रबाट विद्यार्थी ल्याएकाहरू पक्राउमा पर्ने र कानुनी कारबाही हुने बताए ।

जिल्लाका सबै विद्यालयमा एकै दिन गणना गर्ने भएपछि एक सातादेखि नै सीमावर्ती बिहारको भीमनगर, वीरपुर, बनेलीपटीलगायत स्थानबाट भाडामा विद्यार्थी ल्याइएको हो । गणक र अनुगमन गर्नेहरूले विद्यार्थीको टाउको गन्ने र उनीहरूको पूर्ण विवरण विद्यार्थीबाटै लिने सुनेपछि बढी विद्यार्थी देखाएर सुविधा लिँदै आएकाहरू अत्तालिएर भाडामा विद्यार्थी जम्मा गरेका हुन्






No comments:

Post a Comment