Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 19 November 2011

विश्वविद्यालय छाडेर विश्व हल्लाउनेहरु

सफलताका लागि मानिसहरु विश्वविद्यालय धाइरहेका छन् । विश्वविद्यालयबाट प्राप्त डिग्रीको प्रमाणपत्रले कतिलाई सफल बनाएको पनि छ । तर विश्वविद्यालयमा अध्ययन गर्दागर्दै बीचमा पढाइ छाड्ने मध्येका केही व्यक्तिहरुले भने अहिले विश्वमा सफल व्यक्तिको सूचीमा नाउा राख्न सफल भएका छन् ।




७० करोड मानिसहरुको पि्रय फेसबुकडटकमका संस्थापक मार्क जुकरबर्ग हुन् या विश्वप्रसिद्ध कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स, कलेज छाडेर सफल हुनेहरुको उदाहरण हुन् । जुकरबर्ग र गेट्सले विश्वको सर्वाधिक आकर्षक मानिएको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै छाडेर सफल हुनेमा पर्छन् । केही महिना अगाडि निधन भएका एप्पल कम्पनीका संस्थापक स्टिभ जब्स पनि कलेजको अध्ययनलाई बीचैमा छाड्नेमध्ये पर्छन् ।




विश्वका धनी व्यक्तिहरुको मात्र सूची प्रकाशित गर्ने 'फोब्र्स’ पत्रिकाका अनुसार, विश्वका अर्बपतिहरुमध्ये ३५ जना अर्बपतिले 'कलेज ड्रपआउट’ सूचीमा रहेका छन् । फोब्र्सका अनुसार कलेज छाड्ने अर्बपतिहरुको सम्पत्ति औसतमा ९.४ बिलियन अमेरिकी डलर रहेको छ जबकि पिएचडी गरेका अर्बपतिहरुको औसत सम्पत्ति मात्र ३.२ बिलियन डलर छ । आउनुहोस्, केहीबेर विश्वविद्यालयको अध्ययन छाडेर सफल हुनेहरुको सूची हेरौ :



बिल गेट्सः विश्व विद्यालयको अध्ययन छाडेर सर्वाधिक सफल हुनेको सूचीमा पहिलो नम्बरमा बिल गेट्स पर्छन् । माइक्रोसफ्टका सहसंस्थापक गेट्स विश्वमा उत्कृष्ट मानिएको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै बीचैमा छाडेका थिए । गेट्स विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा पर्छन् । सन् १९५५ मा जन्मेका गेट्स सन् १९७३ मा हार्वर्ड गएका थिए । उनले त्यसको दुई वर्षमै अध्ययन पूरा नगरी छाडेका थिए ।



स्टिभ जब्स : एप्पलका सहसंस्थापक स्टिभ जब्स पनि कलेजको अध्ययन बीचमै छाडेर सफल हुने व्यक्तिमा पर्छन् । विश्वलाई सूचना र प्रविधिको क्षेत्रमा ठूलो देन दिएका उनले आफ्नो स्कुलको पढाइ सकेपछि सन् १९७२ मा रिड कलेजमा भर्ना भएका थिए । उनले एउटा सेमेस्टर सकेपछि कलेज छाडेर भारत भ्रमणमा निस्केका थिए । उनलाई पूर्वीय दर्शनको बारेमा राम्रो जानकारी थियो । उनको गत असोजमा निधन भयो ।



मार्क जुकरबर्ग : हार्वर्ड विश्वविद्यालयको पढाइ छाडेर सफल हुनेमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गको पनि नाम आउाछ । विश्वविद्यालयमा पढ्दा बनाएको सामाजिक नेटवर्क साइट फेसबुक कतिपय देशमा गुगलभन्दा लोकपि्रय छ । अहिले यसका ७० करोड प्रयोगकर्ताहरु छन् । फोब्र्स म्यागजिनका अनुसार जुबरबर्ग विश्वका सबैभन्दा कान्छा अर्बपति हुन् । सन् २०१० मा उनको सम्पत्ति ४ बिलियन अमेरिकी डलर थियो ।



मिसेल डेल : डेल इङ्कका संस्थापक रहेका मिसेल डेल अर्बपतिको सूचीमा मात्र होइन कलेज छाड्नेहरुको सूचीमा पनि छन् । सन् १९६५ मा अमेरिकामा जन्मेका डेलको कूल सम्पत्ति अहिले १७.२ बिलियन अमेरिकी डलर छ । डेलले पिसिएस लिमिटेडको स्थापना गरेपछि टेक्सास विश्वविद्यालय छाडेका थिए । सन् २००६ मा डेलले सो विश्वविद्यालयलाई ५० मिलियन अमेरिकी डलर सहयोग दिएका थिए ।



जुलियन असाञ्जः विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकाको टाउको दुखाइ बनेका विकिलिक्सका संस्थापक जुलियन असाञ्ज पनि कलेजको पढाइ बीचैमा छाड्नेमा पर्छन् । सन् १९७१ मा अस्टे्रलियामा जन्मेका असाञ्जले अमेरिकी दूतावासहरुले आफ्नो विदेश मन्त्रालयमा पठाएका केवलहरु सार्वजनिक गरिदिएपछि संसारभर चर्चाको केन्द्रमा रहेका छन् । अमेरिकी सरकारको अत्यन्तै गोप्य दस्तावेज सार्वजनिक गरिदिएका असाञ्ज २००३ देखि २००६ सम्म मेलबर्न विश्वविद्यालयमा अध्ययन गरेपनि आफ्नो पढाइ पूरा नगरी छाडेका थिए । उनलाई गएको वर्ष संसारका शक्तिशाली व्यक्तिहरुमध्ये एकका रुपमा लिइएको थियो ।



लेडी गागाः सन् १९८६ मा अमेरिकामा जन्मेकी गायिका लेडी गागा पनि विश्वविद्यालयको अध्ययन बीचमै छाड्नेमा पर्छिन् । उनको पहिलाको नाम गरमान्टोआ हो । न्युयोर्क विश्वविद्यालयमा उनले आफ्नो अध्ययन पूरा नगरी छाडेकी थिइन् । २००८ मा उनको गीति एल्बम "द फेम" चर्चित भएपछि उनी एक्कासि चर्चामा आएकी थिइन् ।



टाइगर उड्सः सन् १९७५ मा अमेरिकामा जन्मेका व्यवसायिक गल्फ खेलाडी टाइगर उड्स विश्वको एक नम्बर गल्फ खेलाडीका रुपमा परिचित छन् । उड्सले सन् २०१० मा मात्र ९०.५ मिलियन डलर आम्दानी गरेका थिए । सन् १९९४ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भएका उड्सले अध्ययन पूरा नगरी दुई वर्षमै विश्वविद्यालय छाडेका थिए ।




टम ह्याङ्क्सः अर्बपति व्यवसायी मात्र विश्वविद्यालय छाड्नेमा पर्दैनन्, चर्चित कलाकारहरु पनि यो सूचीमा पर्छन् र तीमध्ये धनी कलाकारको समेत छवि बनाएका टम ह्याङ्क्स यो सूचीमा नपर्ने सवालै भएन । सन् १९५६ मा जन्मेका ह्याङ्क्स कलाकार, निर्माता, लेखक तथा निर्देशक समेत हुन् । ३.३ बिलियन सम्पत्तिका मालिक रहेका ह्याङ्क्सले क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा पढ्दा पढ्दै छाडेका थिए ।




ल्यारी इलिसनः ओर्‍याकल फाउन्डेसनका सह संस्थापक रहेका ल्यारी इलिसन सन् १९४४ मा अमेरिकामा जन्मेका थिए । ३३ बिलियन अमेरिकी डलर सम्पत्ति रहेका इलिसनले सिकागो विश्वविद्यालयमा अध्ययन पूरा नगरी छाडेका थिए । इलिसन अहिले ओर्‍याकल कर्पोरेशनको सिइओ छन् । उनको कम्पनीले कम्युटरको सफ्टवेर र हार्डवेयरसम्बन्धी काम गर्छ । सन् २०११ मा उनको कम्पनीले ८.५ बिलियन डलर फाइदा गरेको थियो ।

पल एलेनः माइक्रोसफ्टका सहसंस्थापक पल एलेन पनि अर्का सहसंस्थापक बिल गेट्सजस्तै कलेजको अध्ययन पूरा नगर्नेमा पर्छन् । एलेनले वासिङटन स्टेट विश्वविद्यालयमा पढ्दापढ्दै अध्ययन पूरा नगरी छाडेका थिए । सन् १९५३ मा जन्मेका एलेन हाल भल्कन इङ्कका अध्यक्ष रहेका छन् ।




स्रोतः विभिन्न ऐजेन्सीको सहयोगमा

No comments:

Post a Comment