Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 19 November 2011

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले ६४ नेपालीविरुद्ध रेडकर्नर

नेपाल र विदेशका विभिन्न अपराधमा संलग्न ६४ जना नेपाली अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेडकर्नर नोटिसमा परेका छन् । त्यसमध्ये १४ जनालाई नेपालले र ५० जनालाई अन्य देशले यस्तो नोटिस जारी गरेका हुन् । नेपालले १४ नेपाली र २ विदेशीसहित १६ जनालाई रेडकर्नर नोटिस जारी गरेको हो । नेपालले रेडकर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठग, अपहरणका फरार अपराधी र बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधी छन् । सञ्चार उद्यमी जमिम साहको २०६६ माघमा हत्या हुँदा त्यसमा संलग्न भएका नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन् । उनलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले २०६७ मंसिरमा फरारको सूचीमा राखेको हो । त्यही घटनाका अर्का आरोपी श्रीकृष्ण पौडेल पनि इन्टरपोलको रेडकर्नर नोटिसमा फरार छन् । वैदेशिक रोजगारको ठगीमा काठमाडौंका भूपेन्द्र खड्का फरार छन् । उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाँको ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी गरेको हो । ६ जना नेपालीलाई विदेश पठाउने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ । नुवाकोटाका भक्तबहादुर, विष्णुबहादुर लामा र रामबहादुर तामाङसहित ३ जनालाई वैदेशिक रोजगार ठगीमा नै २ करोड १० लाख ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी गरेको छ । एक देशमा अपराध गरेर अर्को देशमा गई लुकेर बस्न सक्ने भएकाले रेडकर्नर नोटिस जारी गरिन्छ । नोटिस जारी भएपछि दोस्रो मुलुकको प्रहरीले नोटिस जारी भएका अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउने चलन छ । अपहरण तथा शरीर बन्धक मुद्दाका ३ व्यक्ति इन्टरपोलको फरार सूचीमा छन् । न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने ३ जना अझै फरार भएको भन्दै रेडकर्नर नोटिस जारी गरिएको छ । अपहरणका मुख्य योजनाकार केशव दर्लामी मगर, राजेश क्षेत्री भनिने गोकुल गिरी र राजु थापा इन्टरपोलको सूचीमा फरार छन् । इन्टरपोलको सूचीमा भारतीय नक्कली रुपैयाँ कारोबारको अभियोगमा केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गर्दागर्दै फरार रहेका पाकिस्तानी नागरिक मोहम्मद जामिल भट्टी पनि इन्टरपोलमा छन् । वन्यजन्तुको छाला गैरकानुनी रूपमा राखेका अमेरिकी नागरिक इयान बाकर पनि फरार छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजीपी विनोद सिंहले विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन मिल्ने बताए । तर अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन नमिल्ने उनले जनाए । सुपुर्दगी कानुन नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने सिंहले जानकारी दिए । 'नेपालमा सुपुर्दगी कानुन छैन, त्यही भएकाले दोस्रो मुलुक पठाउन सकिन्न,' उनले भने, 'तर त्यो देशमा नेपालीले गरेको कसूर बमोजिमको सजाय यहाँ दिन सकिन्छ ।' नेपालले विदेशमा अपराध गरेर फरार रहेका व्यक्तिलाई भने पठाएको छ । २०६३ सालमा भारतमा किड्नी निकालेर बिक्री गरेर फरार रहेका डाक्टर अमितकुमारलाई नेपाल प्रहरीले उनीहरूको जिम्मा लगाएको थियो । यस्तै नेपालमा अपराध गरेर फरार रहेका एक नेपालीलाई क्यानडाको प्रहरीले नेपाल फिर्ता पठाइदिएको थियो । विभिन्न बैंकबाट २ करोडभन्दा बढी ऋण लिएर फरार रहेका रोशन पाण्डेलाई क्यानडा छिर्न लाग्दा त्यहाँबाट प्रहरीले पक्राउ गरेको थियो । त्यहाँबाट उनलाई जापान र भारतको दिल्ली हुँदै नेपाल फिर्ता पठाएको थियो । २२ नेपाली भारतको फरार सूचीमा भारतीय प्रहरीले विभिन्न मुद्दामा २२ नेपाली नागरिकलाई इन्टरपोलमार्फत खोजी गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार १० जालाई चोरी अभियोगमा खोजी गरिरहेको छ । पाँच जनालाई हत्याको अभियोगमा इन्टरपोलमार्फत खोजी गरिरहेको छ । ठगीमा ३ र अपहरणको अभियोगमा २ जना फरार छन् । वन्यजन्तुमा १ जना छन् । भारतबाहेक कतारले ९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । के हो इन्टरपोल ? विश्वमा लुकीछिपी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरिका प्रहरी संगठनभित्र सहकार्यका निम्ति गठन गरिएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) हो । सन् १९२३ मा स्थापना भएको इन्टरपोलमार्फत एक देशमा अपराध गरेर अर्को देशमा लुक्न सक्ने अपराधीलाई पक्राउ गर्नका लागि यो संगठनको गठन भएको हो । सन् १९९७ मा इन्टरपोलमा सदस्यता पाएको नेपाल उसको सयौं संस्था हो । इन्टरपोलमा हालसम्म १ सय ९० वटा देश सदस्य छन् । source: ekantipur

No comments:

Post a Comment