Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 26 December 2011

टप टेन बलिउड फिल्म-२०११

     सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे :
१.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।
२. रेडी : भारतमा गर्मीको छुटि्टका दौरान गएको जूनमा रिलिज भएको सलमान खानकै अर्को फिल्म रेडी बडिगार्ड पछि दोश्रो बढि कमाउने फिल्म हो । यो फिल्मले १ अर्ब २२ करोड व्यापार गरेको थियो । रेडीमा सलमानलाई अभिनेत्री असिनले साथ दिएकी छिन् । साथै अजय देवगन, संजय दत्त तथा कंगना रनवतलाई पनि फिल्ममा देख्न सकिन्छ ।
३. रावन : शाहरुख खान अर्थात् किंग खानको फिल्म रावन गएको अक्टोबरमा रिलिज भएको हो । भारतको पहिलो सुपरहिरो फिल्म रावनले सोचेजस्तो व्यापार गर्न नसकेपनि यो वर्ष बक्स अफिसमा बढि व्यापार गर्ने तेश्रो फिल्मको रुपमा रहँदै १ अर्ब १६ करोड भारुको कारोबार गर्न सफल भयो । यो फिल्ममा शाहरुखलाई करीना कपूर, तथा अर्जुत रामपाल लगायतले साथ दिएका छन् । साथै रजनिकान्त, संजय दत्त तथा पि्रयंका चोपडालाई पनि नजर गर्न पाइन्छ ।
४. सिंघम : सन् २०१० को सुपरहिट तमिल फिल्मको रिमेकका रुपमा प्रस्तुत गरिएको हिन्दी फिल्म सिंघममा अजय देवगन, तथा काजल अग्रवाल लगायतको मुख्य भूमिका रहेको छ । यसले बक्स अफिसमा १ अर्ब भारुको कारोबार गरेको छ ।
५.जिन्दगी ना मिलेगी दोबारा : ऋतिक रोशन, फरहान अख्तर, अभय देवल, कटरिना कैफ, तथा कल्की लगायतको अभिनय रहेको यो फिल्मले ८९ करोडको व्यापार गरेको थियो । युवापुस्तालाइ लक्षित गरिएको यो फिल्म ऋतिक र कटरिनाको किस सिनका कारण पनि चर्चामा रह्यो ।
६. द डर्टी पिक्चर : दक्षिण भारतीय नायिका सिल्क स्मिताको कथामा बनेको यो फिल्मले बलिउडमा महिलाप्रधान चलचित्रको नयाँ धार निर्माण गरेको छ । यसले अहिलेसम्म ७१ करोड कमाइसकेको छ । विद्या बालनको कामुक अभिनय यो फिल्मको मुख्य आकर्षण हो । यसमा विद्या सागै इमरान हाशमी, नसिरुद्धिन शाह तथा तुषार कपूर लगायतको मुख्य भूमिका छ । फिल्मको गित उ ला ला यो फिल्म रिलिज हुनु अगावै सुपरहिट बनिसकेको थियो ।
७. रकस्टार : रणवीर कपूर र नगरिस फखरीको उत्कृष्ट अभिनय रहेको यो फिल्मले ७० करोडको व्यापार गर्न सक्षम भयो । यसमा नगरिसको पर्याप्त अंगप्रदर्शन सागै किस सिन समेत रहेको छ । यो फिल्म केही विवादमा समेत परेको थियो ।
८. दिल्ली बेली : सिधा गाली गलौज समेटिएको आमिर खानको यो फिल्म बलिउडमा यो वर्षको सातौा हिट फिल्मको रुपमा रह्यो । यसले ५७ करोड भारु व्यापार गर्न सफल भयो । फिल्ममा बोलिएका अपशव्द तथा अश्लील संवादहरुका कारण नेपालमा समेत यो फिल्म सेन्सर हुनपुगेको थियो । पछि त्यस्ता संवाद काटेपछि मात्र फिल्म चलाइएको थियो । यसमा किसिंग सिन युवावर्गमाझ लोकपृय गितसंगित समावेश छन् ।
९.यमला पगला दिवाना : बलिउडका भेट्रान धर्मेन्द्र, उनका छोरा सन्नी देओल र बबी देओलले बनाएको फिल्म यमला पगला दिवानामा कुलराज रन्धावाले अभिनेत्रीको भूमिका निर्वाह गरेकी छिन् । बक्स अफिसमा यसले ५६ करोड भारुको व्यापार गर्यो । यो फिल्मको आइटम नम्बर टिंक जिया ले वर्षैभरी धूम मच्चाएको थियो ।
१०. तनु वेड्स मनु : आर माधवन र कंगना रनवतले अभिनय गरेको यो फिल्मले २३ करोडको व्यापार गरेको छ । यसमा कंगनाले बिग्रेकी केटीको भूमिका निर्वाह गरेकी छिन् ।

No comments:

Post a Comment