Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 2 January 2012

२०१२ मा पृथ्वीमा प्रलय जाने !

संसारमा समय–समयमा साना–ठूला प्रलयकारी घटना घट्दै आएका छन्। यसलाई प्रकृतिको सामान्य नियमका रूपमा लिइन्छ। सामान्यतया कतिबेला कहाँ कस्तो घटना घट्नेवाला छ भनेर पूर्वानुमान गर्न सकिन्न। तथापि, कैयन् घटना यस्ता पनि घटेका छन् जसबारे कैयन् वर्षअघि नै भविष्यवाणी गरिएका थिए। माया सभ्यताकालीन भविष्यवाणीहरू यस सन्दर्भमा विशेष चर्चामा रहन्छन्।
यही माया सभ्यताकालीन भविष्यवाणीका अनुसार पृथ्वी घोर प्रलयको चपेटामा पर्दै छ र त्यो दिन अब धेरै टाढा छैन। अर्को वर्ष अर्थात् सन् २०१२ को डिसेम्बर २१ का दिन पृथ्वीमा घोर विध्वंशकारी प्राकृतिक विपत्ति निम्तिने दाबी गरिएको छ। सो प्रलयको प्रमुख केन्द्रचाहिँ दक्षिणपूर्वी मेक्सिको हुने पनि भविष्यवाणीमा उल्लेख छ। यो भविष्यवाणीबारे परिचित मेक्सिकोवासीहरूले प्रलयबाट बच्ने उपायको खोजी गर्नुको साटो अबको पचास साता पूरै मोजमस्ती र उत्सव गरेर बिताउने योजना बनाएको समाचार एजेन्सीहरूले जनाएका छन्।

No comments:

Post a Comment