Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 11 January 2012

बुबाकै पथ पछ्याउँदै रोमियो

हाम्रो समाजमा एउटा उखान निकै चर्चित छ, 'बुबा जस्तो छोरा पनि उस्तै' । प्रत्येक आमाबाबुले आफ्ना सन्तानहरू पनि आफू झैँ हुन् भन्ने चाहना राखेका हुन्छन् । कतिपयका सन्तानहरू आफ्नो अभिभावककै पदचिह्न पछ्याउन रुचाउँछन् भने कतिपय भने त्यो इच्छा राख्दैनन् । तर, इंग्लिस फुटबल इतिहासको रोलमोडलका रूपमा चिनिने डेभिड बेकह्याम भने निकै भाग्यमानी साबित भएका छन् ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वकप्तान बेकह्यामका जेठो छोरा रोमियोले पनि आफ्नो बुबाकै पथलाई पछ्याएका छन् । तर, रोमियोले फुटबललाई भने पछ्याएको होइन । त्यसो भए के गरे त रोमियोले ? रोमियोले भर्खरैमात्र आफ्नो बायाँ हातमा रंगिबिरंगी 'टाटु' खोपेका छन् । अमेरिकाको एलए ग्यालेक्सीबाट व्यावसायिक फुटबल खेल्ने बेकह्यामको शरीरभरि नै टाटु नै टाटु छ । बेकह्यामको टाटु संसारभर प्रसिद्ध छ पनि ।
बुबाको जस्तो आकर्षक तथा गहकिलो टाटु भने रोमियोले खोपाएका छैनन् । उनले बायाँ हातमा सामान्य तीन वटामात्र टाटु खोपाएका छन् । लस एन्जलेसको फुटबल मैदानमा फुटबल खेलिरहँदा रोमियोको सो टाटु देखियो । अघिल्लो सातासम्म पनि रोमियो हात खाली नै थियो । स्वयं रोमियोलाई बुबा बेकह्यामको टाटु मन लाग्दैन । कहिलेकाहीँ रोमियाले बेकह्यामलाई टाटु धेरै नखोपाउन भन्ने सल्लाह पनि दिने गर्दथे । यसका साथसाथै श्रीमती भिक्टोरिया बेकह्याम पनि श्रीमान् बेकह्यामलाई थप टाटु नखोपाउन आग्रह गर्थिन् । टाटुकै विषयलाई लिएर बेकह्याम जोडीको झगडासमेत हुने गरेको समाचार आउने गरेको पाइन्छ ।
'बुबा मलाई धेरै टाटु बनाएको मन पर्दैन, तपाईंको शरीर नराम्रो हुँदैछ,' केही महिनाअघि रोमियोले बुबा बेकह्यामलाई सम्झाउँदै भनेका थिए । बेकह्यामको शरीरमा २० वटा टाटु छन् । बेकह्यामको टाटुमा गाउडियन एन्जल्स टाटु निकै चर्चित छ । बेकह्यामले सो टाटु शरीरको पछाडितिर खोपाएका छन् । यसैगरी बेकह्यामले शरीरको गर्धनमा देवनागरी अक्षरमा 'भिक्टोरिया' टाटु पनि खोपाएका छन् ।
यसपटक छोरा रोमियो आफैंले टाटु खोपाउँदा बेकह्याम भने निकै दंग परेका छन् । यसको विपरीत आमा भिक्टोरिया भने चिन्तित भएकी छिन् । फुटबल मैदानमा रोमियोको टाटु देख्दा बेकह्याम एक समयका लागि अचम्मित नै भए । रोमियोले कुन वेला सो टाटु खोपाए भन्ने बेकह्याम परिवारलाई हेक्कासमेत छैन । 'यो निकै आश्चर्य हो, रोमियोले हामीलाई थाहा नै नदिइ टाटु खेापाउन भ्याइसकेका रहेछन्,' म्यानचेस्टर युनाइटेड तथा रियल म्याडि्रडका पूर्वस्टार खेलाडी बेकह्यामले भने, 'फुटबल मैदान खेलिरहँदा पहिलोपटक रोमियोको हातमा टाटु देखेको हुँ ।'
यसअघि रोमियोले टाटु देख्छ भनेर हात छोप्ने गरेका रहेछन् । रोमियोले टाटु खोपाउँदा आमाबुबाबाट गाली खाने डरले सो रणनीति जुक्ति अपनाएका हुन् । तर, फुटबल मैदानमा भने रोमियोको टाटुको रहस्य सार्वजनिक भयो । रोमियाले आफ्नो बायाँ हातमा खोपाइएका टाटु केसँग सम्बन्धित हो भन्ने स्पष्ट छैन । तर, उनले यो केवल अस्थायी रूपमा टाटु खोपाएको बताए । 'मेरो हातमा रहेको टाटु केही दिनका लागि मात्र हो, स्याथी रूपमा मैले टाटु खोपाएको छैन,' रोमियोले भने, 'बुबाको जस्तो टाटु खोपाउने इच्छा छैन ।'
यता, छोराले टाटु खोपाएपछि दंग परेका बेकह्यामले भने, 'निश्चय पनि प्रत्येक आमाबुवाको चाहना छोरा पनि आफू जस्तै हुन भन्न चाहन्छन् तर यो रूप भने सोचेकै थिइन् ।' बेकह्यामको मन मन भने छोराहरू फुटबलर हुन भन्ने इच्छा छ । बुबा बेकह्यामसँग रहेका वेला छोराहरू फुटबल खेल्छन् । तर, तीनजना छोरा भने बास्केटबलप्रति रुचि राख्छन् । अमेरिकाको एनबिए खेल उनीहरूका मन पर्ने खेल हुन् ।
यता, यसैसाता बेकह्याम ३८औँ जन्मोत्सव मनाउने तयारीमा छन् । आफ्नो जन्मदिन अगाडि छोरा रोमियोले उपहार स्वरूप टाटु खोपाएको उनी बताउँछन् । 'मेरो जन्मदिनको उपहार स्वरूप छोराले कल्पना नगरेको उपहार दियो,' बेकह्यामले भने, 'तर मेरा छोराहरू फुटबल खेलाडी नै हुनुपर्छ ।'

No comments:

Post a Comment