Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 11 January 2012

ईन्टरनेट र फेसबुकको अश्लिल फोटो मेरो होइनः अञ्जु पन्त

अञ्जु पन्त नेपाली सुगम संगीतको क्षेत्रमा पछिल्लो समयमा निक्कै चर्चित नाम हो । कहिले आफुले गायका गीतका कारण कहिले पारिवारिक सम्बन्ध र कहिले व्यक्तिगत जीवन शैलीका कारण चर्चामा आइरहने अञ्जु पन्तसँग उज्यालो सहकर्मी सूर्यकुमार क्षेत्रीले गरेको कुराकानी  ।
हिजो आज केमा व्यस्त हुनुहुन्छ ?
गीत रेकर्डिङ्गको काम धेरै छ । अनि स्टेज प्रोगाममा पनि निक्कै व्यस्त छु । एक दुई महिना अघि म बिरामी भएँ थलै परे । त्यतिवेला देखि थुपि्रएका गीत पनि गाउन बाँकी छन् । तिनै गीत गाइरहेकी छु ।
अञ्जु पन्तको त श्रीमान मनोज राजसँग सम्वन्ध बिच्छेद भयो भन्ने हल्ला छ नी । त्यसैले पनि गीत रेकर्ड नगर्नु भएको हो की ?
 डिभोस्र ! भनौं र ? यो जीवनको आ-आफ्नो पाटो हो । जीन्दगी सरल रुपमा बिताउनु पर्छ भन्ने मेरो बुझाई हो । अहिले अलिकति अप्ठ्यारो महशुस भयो र हामी छुट्टियौं ।
फेरी पुनर्मिलनको सम्भावना कत्तिको छ ?
अँ पुनर्मिलन चाहिं थाहा छैन । भोलीको दिन कसैले देखेको छैन । हिजोको दिनमा थाहा थियो होला त ? हामी दुईजना यस्तो मिल्ने मान्छे छुट्टिन्छौ भनेर । पहिले पहिले कति माया आदर सत्कार गर्नुहुन्थ्यो उहाँले । तर पछि सवै .. खै……|
तपाईको सम्वन्ध बिच्छेदको हल्ला पछि संचारमाध्यम र फेसवुकमा पनि निक्कै टिकाटिप्पणी भए ती सत्य हुन ?
हो मैले पनि विभिन्न कुरा सुनें । अहिले धेरै नराम्रा फोटा पनि एनिमेशन गरेर इन्टरनेटमा राखिएका छन् रे । कसले गर् यो मलाई थाहा छैन । यस्तो फट्याईले गर्दा हाम्रो ज्यान जान सक्छ । त्यसैले फेसबुक एकाउण्ट र ती इन्टरनेटमा राखिएका फोटा मैले राखेको होइन । मैले चलाउँदै आएको सिङ्गर अञ्जु पन्त नामको फेसवुक एकाउण्ट पनि बन्द गरिदिएँ ।
तपाईका समकालिन गायक गायीका त्यति चर्चामा छैनन तर तपाई विभिन्न कारणाले चर्चामा आइरहनु हुन्छ किन हो जस्तो लाग्छ ?
समय बलवान छ । समयले देखाउँछ । म एकदम हिटमा आएको भनेको चार बर्ष त भयो । मैले पनि एघार बाह्र बर्ष यो क्षेत्रमा समय दिएकी थिएँ । त्यसैको फल हो जस्तो लाग्छ । तर अरु साथी पनि निरन्तर लागिरहनु भएको छ । उहाँहरु पनि एकदिन पक्कै राम्रो स्थानमा पुग्नुहुन्छ ।
५ हजारभन्दा धेरै गित गाउनु भएको छ । यी मध्ये स्टुडियोमा गीत गाउँदा गाउँदै मन भक्कानिएका गीत छन् ?
एकदमै धेरै छन् । ति मध्ये एक दुईटा भन्छु जस्तै मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए ……, अर्को जीन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ………, यसले जीन्दगीलाई छोएको जस्तो लाग्छ । यी गीत गाउँदा मेरो मन भक्कानिएको थियो ।
अनि नेपालको सुगम संगीत र यसको बजारलाई कसरी हेर्नु भएको छ ?
सुगम संगीत एकदमै फस्टाएको छ । एउटै गीतबाट लाखौ रुपैयाँ कमाउन सकिन्छ । तर एउटा कुरामा मेरो चित्त दुखाई छ । प्रविधि बढ्यो तर कम्पनीहरुले कसैलाई पनि राम्रोसँग रोयल्टी र पारिश्रमिक दिएका छैनन् । गीत संगीतका सर्जकले सोचे जस्तो कमाउन सकेको छैनन् । सर्जक गरिव हुँदै छौं । हामीले नै गरेका कामबाट फाइदा लिएर अरु धनी हुँदै छन् ।
सर्जक कसरी परे त अन्यायमा  ?
जस्तो पहिलो कुरा त हाम्रो देश नै सुदृढ छैन । बिदेशतिर हामीले पैसा मागि रहन पर्दैन । हामीले रोयल्टी सजिलै पाउँछौं । बैंकको खातामै पैसा हाल्दिन्छन् । तर यहाँ त नाम बढि दर्शन छोटी भने जस्तै भा’छ । अन्तर्वार्ता दिंदा कुनै चलेका होटलमा खाना खान जाँदा पनि बिदेशमा रोयल्टी दिन्छन् । त्यसैले नेपालमा चल्दा मात्रै पैसा कमाउने हो भविष्य सुनिश्चित छैन ।
त्यसो भए पैसा कम मलामी धेरै कमाईयो होइन  ?
मैले पैसा त त्यस्तै हो मलामी नै धेरै कमाएँ क्यारे ।
गीत गाउने सिलसिलामा कति देश पुग्नु भयो ?
अँ म लगभग १५ वटा देशमा पुगे । धेरै नेपाली स्रोताले माया गर्नुहुन्छ । विदेशमा जाँदा आफ्नै परिवारलाई भेटे जस्तो हुन्छ ।
अव कुन कुन देश जाँदै हुनुहन्छ ?
अव म तिहार ताका साउदी अरेविया इजरायल र दक्षिण कोरिया जाने योजनामा छु ।
तपाईलाई जीन्दगी के हो जस्तो लाग्छ ?
-जीन्दगी भनेको मिठो फल हो गिफ्ट हो हामीलाई प्रभुले दिएको । त्यसैले यसलाई अनादार गर्न मन लाग्दैन । जे हुन्छ जीन्दगीमा राम्रोको लागि हुन्छ । जस्तो अस्ति भर्खर भुईंचालो गयो म स्टुडियोमा गीत रेकर्डिङ्ग गर्दै थिए । म चुकुल लाएर स्टुडियो भित्रै बसें । घरै हल्लियो तर मलाई डर लागेन । अरु चप्पलै नलाई भागे म भने प्रभुको प्रार्थना गरेर बसे ।
प्रभुको नाम धेरै लिनुभयो  तपाई कुन धर्म मान्नुहुन्छ ?
अँ क्रिश्चियन धर्ममा मेरो सानै देखिको लगाव हो । जहाँ शान्ति मिल्छ त्यही धर्म मान्ने हो । धर्म त सवै त्यस्तै हो । तर सवै भन्दा श्रेष्ठ येशु नै हो । तर कतिपय मेरो यो कुराले रिसाउनुहुन्छ होला । अरुको देशको धर्म मान्ने रैछ नभन्नु होला । शान्तिको लागि येशुको प्रार्थना गर्छु म ।
तपाईलाई पूराना कलाकार र उनीहरुका गीत कस्ता मन पर्छ कुन गीत गुन गुनाइ रहनुहुन्छ ?
“पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाँले त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टुले यसपाली त मनै फाट्यो केले सिउँने केले टाल्ने हो ।” यस्ता गीत मन पर्छ । यो अरुणा लामाको गीत हो है ।
तपाईले गाएका प्रायः गीतमा माया प्रेम र बिरहका कुरा धेरै हुन्छन् । हिजोआज माया प्रेममा सेक्सको कुरा पनि निक्कै जोडिएर आउँछ । तपाईको बिचारमा सेक्स के हो ?
यो मायाको रुप पनि हो । अहिले त बिकृति धेरै छ । कतिले नराम्रो पनि गरेका छन् । मलाई चाहिं यो प्रभुले दिनु भएको धेरै ठूलो चिज हो भन्ने लाग्छ । यो त आफ्नो मन पर्ने मायालुलाई सुम्पिने चिज हो र सृष्टि चलाउने अनी मायालाई मजबुत राख्ने सम्बन्ध हो ।

No comments:

Post a Comment