Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 14 January 2012

यस्ती पनि आमा !

आमा ती हुन्, जसले छोराछोरीलाई संसार देखाउँछिन् । काखमा राखेर स्तनपान गराउने आमा यतिसारै निष्ठुरी हुन्छिन् भन्ने सायदै कसैले अनुमान गर्छ । तर, एउटी क्रूर र निष्ठुरी आमाले जन्माएलगत्तै छोरीलाई इनारमा फालेर हत्या गरेकी छिन् ।
दोहोरी साँझमा वेटरको रूपमा काम गर्ने गोरखा थालाजोङकी २३ वषर्ीया सपना भन्ने लक्ष्मी खनाललाई आफ्नै कोखबाट जन्मेकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । उनले अवैध सम्बन्धबाट जन्मिएकी छोरीलाई इनारमा फालेर हत्या गरेकी हुन् ।
नयाँबजारस्थित टंककाजी प्रजापतिको घरमा भाडामा बस्दै आएकी खनालले छोरी जन्माएलगत्तै इनारमा फालेकी हुन् । प्रहरी अनुसन्धानअनुसार छोरीको हत्यापछि उनी बिहानै डेरा सरेकी थिइन् ।
पक्राउ परेपछि खनालले प्रेमीसँगको अवैध सम्बन्धबाट गर्भ बसेको र उसले धोका दिएपछि छोरीको हत्या गरेको बताएकी छिन् । उनी कमलादीस्थित गण्डकी दोहोरी साँझमा काम गर्दै आएकी छिन् ।
खनालका श्रीमान् गोरखानिवासी हुन् । उनका दुई छोराछोरी छन् । तर, उनी बहिनीसँगै काठमाडौं बस्दै आएकी थिइन् । उनी तीन वर्षदेखि दोहोरी साँझमा वेटरको काम गर्दै आएकी छिन् ।
प्रजापतिको घरमा भाडामा बस्नेहरूले सोही घरको इनारमा मृतक बच्चा देखेपछि बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खनालको बच्चा हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो । प्रजापतिको घरको पहिलो तलामा भाडामा बस्दै आएकी खनाल सोही दिन बिहानै त्यहाँबाट कोठा सरेकी थिइन् ।
घरमा बस्नेहरूले नै खनालले आफ्नो बच्चालाई इनारमा फालेको हुनसक्ने आशंका गरेपछि प्रहरीले उनको पिछा गरेको थियो । सुरुमा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरले उनकी बहिनी जमुना खनाललाई पक्राउ गरेको थियो । जमुनाले दिदी कमलादीको गण्डकी दोहोरी साँझमा काम गर्ने बताएपछि प्रहरीले साँझ लक्ष्मीलाई पक्राउ गरेको हो । सोह्रखुट्टे प्रभागको टोलीले पक्राउ गरेपछि सोधपुछका क्रममा उनले घटना स्वीकार गरेकी थिइन् ।
प्रहरीका अनुसार अनिश लामा भन्ने आफ्नो प्रेमीसँगको सम्बन्धबाट गर्भ बसेको र उसले धोका दिएकाले बच्चा जन्माएको केही दिनमै इनारमा फालेको बताएकी छिन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरी निरीक्ष्ाक कृष्ण पंगेनीका अनुसार लक्ष्मीले अपराध स्वीकार गरेकी छिन् । उनलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरीले कारबाही अघि बढाएको छ ।
काठमाडौं परिसरका अनुसार पछिल्लो समयमा अवैध सम्बन्धबाट जन्मिएका बच्चाको जन्माएलगत्तै हत्याको घटना बढ्दै गएको छ । हरेक महिना त्यस्ता शव फेला पर्दै आएको प्रहरीको तथ्यांक छ ।

No comments:

Post a Comment