Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 18 January 2012

बाबुरामले प्रचण्डलाई झुक्काए


 माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्राष्ट्रिय समुदायले कत्तिको विश्वास गर्छ भन्ने कुरा  गत बिहिवार वालुवाटारमा भएको एउटा घटनाले प्रस्ट पारेको छ। पार्टी भित्रको विवाद मिलाउन विहिवार साँझ आफ्नै निवास नयाँवजारमा उपाध्यक्ष मोहन वैद्यसहित महासचिव रामवहादुर थापा र स्थायी समिति सदस्य देव गुरुङसँग सल्लाह गरेका थिए। तर, 'राम्रा मन्त्रालय' दिएर वैद्य पक्षलाई भट्टराई सरकारमा सहभागी गराईने प्रचण्डको अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने कोशिस गरेको भन्दै वैद्यसहितका नेताले प्रचण्ड सामु आक्रोस पोखेका थिए। 'हाम्रो विचारलाई राम्रा मन्त्रालयसाग जोडेर वदनाम गराउने?' वैद्यले भेटमा आक्रोस पोखेका थिए, 'तपाई भट्टराईजीको सरकार विघटन गराउन तयार भए मात्र कुरा मिल्छ, हैन भने मिल्दैन तर मन्त्रालयसँग जोडेर हाम्रो चरित्र हत्या गर्ने काम नगर्नुहोस्।' आक्रोसित वैद्य पक्षलाई थामथुम पारेर निर्णायक वार्ता गर्ने भन्दै प्रचण्ड राती साइरन वजाउँदै प्रधानमन्त्री निवास वालुवाटार हानिए।  
तर, सिंहदरवारस्थित मन्त्रिपरिषद्को कार्यालयमा दक्षिण कोरियाले लुम्बिनीलाई दिएको आर्थिक सहयोग स्विकृत गर्ने सहित निर्णय गर्न वसेको वैठक लामो समयसम्म चल्न पुग्यो। मन्त्रिपरिषद्को वैठक सकाएर वालुवाटारमा कुरिरहेका अध्यक्ष प्रचण्डलाई भेट्ने तयारीमा रहिरहँदा चिनियाँ राजदूतले अपर्झट भेटन खोजेको खबर आयो। 
तर, राजदूतको सर्त थियो, सो भेटमा कोही पनि हुनुहुन्न्। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई बालुवाटारमा अध्यक्ष प्रचण्ड कुरेर वसेको जानकारी गराए । तर,चिनियाँ राजदूत होनलाउले प्रचण्ड पनि वस्न नहुने सुनाएपछि भट्टराईले मन्त्रिपरिषद् वैठक लम्बिने भएका कारण ढिलो हुने खवर प्रचण्डलाई दिए। नयाँबजारवाट वालुवाटार पुगेका प्रचण्ड भट्टराईलाई नभेटिकनै फर्किए। सम्भवतः बालुवाटार पुगेर पनि प्रधानमन्त्री भेट नभएको  यो पहिलो पटक थियो।  
प्रचण्ड बालुवाटारवाट हिँडेको केही समयपछि सिंहदरवारवाट भट्टराई बालुवाटार। जहाँ चिनियाँ राजदूत उनलाई नै कुरिराखेका थिए। राजदूतले सुनाए, 'हाम्रा प्रधानमन्त्री वेन जिआबायोले शनिवार काठमाडौं आउने कायक्रम वनाउनु भएको छ तर जम्मा पाँच घन्टाका लागि मात्र।' एकछिन त प्रधानमन्त्री भट्टराई 'सक' भए किनभने भट्टराईले त्यो ठीक समयको वारेमा जानकार थिएन। नभन्दै, भट्टराईलाई चिनियाँ प्रधानमन्त्री वेनको पनि फोन आयो र अनि मात्र उनी विश्वस्त हुन पुगे।  
विहान १२ वजेसम्म कसैलाई पनि नभनेका भट्टराईले त्यसपछि उपप्रधान तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई जानकारी दिए। सोही क्रममा उनले अध्यक्षप्रचण्ड सहित कांग्रेस र एमालेका शिर्ष नेतालाई जानकारी दिएका थिए। सुरक्षाका कारण गोप्य राखिएको वेनको भ्रमणको औपचारिक जानकारी शनिवार विहान वसेको मन्त्रिपरिषद् वैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई गराएका थिए। ५–७ पुसमा वेनको भ्रमण हुने भएपछि तयार पारि राखिएको सम्झौतामा शनिवार वेनको मन्त्रिपरिषद्का सदस्यहरूले हस्ताक्षर गरेका थिए। 

No comments:

Post a Comment