Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 18 January 2012

कुर्सीमा बसिरहनेहरु होसियार !


यदि तपाइँ अफिसमा काम गर्दा वा घरमै रहँदा पनि लामो समयसम्म कुर्सीमा बसिरहनुहुन्छ भने अब त्यो बानी छाड्नुहोस् । पछिल्लो अध्ययनले लामो समयसम्म बसिरहने बाली स्वास्थ्यको लागि हानीकारक रहेको र त्यस्ता अल्छि मान्छेको आयु सक्रिय सारिरिक रुपमा मान्छेको भन्दा ४० प्रतिशत सम्म कम हुने देखाएको छ ।
अध्ययनकर्ताहरुले धेरै बसिरहने बानीबाट सरिरमा पुग्ने नोक्सान केही समयको लागि गरिने व्यायामले समेत पुर्ति गर्न नसक्ने ठहर गरेका छन् । अमेरिकी क्यान्सर सोसाइटीले झण्डै १४ वर्ष लगाएर गरेको अनुसन्धानले दैनिक ६ घण्टा बसीबसी बिताउने महिला सक्रिय महिलाभन्दा छिटो मर्ने सम्भावना ४० प्रतिशत रहेको देखाएको छ । त्यस्तै बढि समय बसेर बिताउने पुरुषमा यस्तो खतरा २० प्रतिशत बढि हुने अध्ययनको निष्कर्ष छ । बढि समय बसेर बिताउनेहरुमा हृदयरोग , मधुमेह , डिप्रेसन र मोटोपनको खतरा हुने अध्ययनको ठहर छ । अध्ययन अनुसार कोठाभित्र कुर्सीमा बसेर काम गरिरहने हरुमा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढि हुन्छ ।
१ लाख २३ हजार जनामा गरिएको परिक्षणबाट प्राप्त नतिजा अनुसार बढि बस्ने आदत बाट कर्मचारीहरु बढि पीडित छन् । केही कार्यालयहरुमा कर्मचारीलाई बसिरहने बाध्यताबाट मुक्त गर्न केही हिडडुलका उपाय अपनाइने गरिएको भएपनि अझै यो खतरातर्फ धेरैको ध्यान जान नसकेको अध्ययनकर्ताहरु बताउँछन् ।
मधुमेह विज्ञहरुका अनुसार सामान्यतया बस्नु वा आराम गर्नुलाई स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ तर धेरै बस्नु भनेको स्वास्थ्यका लागि खतरनाक मात्र होइन , यो एउटा खराब बानीको रुपमा विकाश हुन्छ र मान्छेलाई अल्छि बनाउँछ । यसैबीच बेलायती वैज्ञानिकहरुले पनि हालै कार्यक्षेत्रमा धेरै समय कुर्सीमा बसिरहने बानी स्वास्थ्यका लागि हानीकारक हुने तथ्य पत्ता लगाएका छन् ।
टेबुल वर्क धेरै हुने मानिस कहिलेकाहीँ दिनभरीमा एकचोटी पनि नउँभिने गरेका भन्दै उनीहरुले कामलाई केहीबेर थाँती राखेर भएपनि केहीबेर उभिने र यताउती हिड्नु पर्ने बताएका छन् ।

No comments:

Post a Comment