Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 10 April 2012

दीनबन्धुले लगाउँदैछन अष्ट्रेलियामा महापुराण

सिड्नी । एन आर एन अष्ट्रेलियाले सुरु गरेको सामाजिक कल्याण कोषको सहयोगार्थ वाचन प्रविण दीनवन्धु पोखरेलको आतिथ्यमा अष्ट्रेलियामा श्रीमद्भागवत महापुराण हुने भएको छ ।
आगामि अपि्रल १२ देखि १६ सम्म सो अध्यात्मिक महापुराण सम्पन्न हुनेछ । अस्ट्रेलियाका नेपालीहरूविच भैपरि आउन सक्ने संकट, दुर्घटना, विपत्ति, प्रकोप तथा अन्य अत्यावश्यक अवस्थामा आफ्नै समुदायवाट आर्थिक सहयोग पुर्‍याउने अभिप्रायले सो कोषको स्थापना गरिएको हो । एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीका अनुसार आगामी अपि्रल १२ देखि १६ तारिखसम्म महापुराण आयोजना गर्न लागिएको छ ।
नेपाली समुदाय र अस्ट्रेलियामा रहेका अन्य समुदाय विच भाइचारा,बन्धुत्व तथा आपसि मेलमिलाप गराई विश्व शान्तिको मूल मार्गमार्फत आध्यात्मिक आनन्द प्रवाह गर्न पनि सो महापुराण कार्यक्रम सफल केसीले बताउनुभयो ।
कार्यक्रमअनुसार अपि्रल १२ मा सो कोषको सहयोगार्थ रात्री भोज, १३ मा भजन किर्तन, मण्डप स्थापना र आरती, १४ मा कलश यात्रा तथा विभिन्न समुदायका आध्यात्मिक शिखर ब्यक्तित्वहरू तथा अष्ट्रेलियाका स्थानिय सरकार प्रतिनिधि, तथा सम्बन्धित निकायका अगुवा नेताहरूवाट शुभकामना वक्तब्य तथा प्रवचन, भागवत कार्यक्रमको विधिवत शुभारम्भ र १५ तारिखमा नियमित भागवत महापुराण प्रवचन, भजन, किर्तन, योग, ध्यान सन्चालन र १६ मा विसर्जन कार्यक्रम रहेको छ । कार्यक्रममा महापुराण प्रवचन का अलावा योग, ध्यान, प्रसाद वितरण, आध्यात्मिक वस्तुको विक्री पनि गरिने छ ।
सो महापुराणको मुख्य वाचकको रुपमा वाचन प्रविण दिनबन्धु पोख्रेल रहनु हुनेछ । अष्ट्रेलियामा नेपाली समुदायको सहयोगार्थ यो कोषको सन्चालन गर्न लागिएको र यसले अष्ट्रेलियामा रहेका बहु सँख्यक नेपाली विद्यार्थी, समुदायका सदस्यमा ठुलो र महत्वपूर्ण योगदान पुग्न सक्ने सो महपुराण कलश यात्राकी संयोजक सुमित्रा विष्ट बताउँछिन् । साथै यसले अष्ट्रेलियामा आध्यात्मिक सुख नै जीवनको परम उद्देस्य हो भन्ने चिन्तनलाई अघि बढाइ आजको ब्यस्त समाजलाई शान्तिको पथमा अग्रसर हुन मार्ग प्रशस्त गर्ने अपेक्ष्या गरिएको छ । कार्यक्रममा झन्डै २ सय स्वयंसेवक परिचालन हुनेछन भने हजारौं भक्तजनहरूको उपस्थिती रहने छ ।
झण्डै १ लाख अष्ट्रेलियन डलर चन्दा सहयोग उठन सक्ने अपेक्ष्या गरिएको सो कार्यक्रम नेपाली वाहेक अन्य समुदायका सहभागीहरूको समेत सक्रिय उपस्थिती रहने जनाइएको छ । नेपालीका लागि नेपाली चालेको यस शुभकार्यमा सरिक बनि आफ्ना साथिभाई, बन्धुवान्धव तथा परिवारसहित कार्यक्रममा उपस्थित भइ पुण्य लाभ गर्न एन आर एन ले समस्त नेपाली हरूलाई अपिल गरेको छ ।

No comments:

Post a Comment