Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 16 August 2012

श्रीमतीको भन्दा थोरै कमाइ जिन्दगीकै लागि हानिकारक

पुरुष मित्रहरु तपाइँको कमाइ कति छ ? तपाइँले आफ्नी जिवनसाथीले भन्दा कतै कम पैसा त कमाइरहनुभएको छैन ? यदि हो भने तपाइँले विचार पूराउनुपर्ने भएको छ । श्रीमतीले भन्दा कम पैसा कमाउने पुरुषको जिवन सुखी बन्न नसक्ने र कम आर्जन सुखी जिवनको मार्गमा बाधक बन्ने मलेसियामा गरिएको एक अध्ययनले देखाएको छ ।
मलेसियाको जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बढि कमाउने श्रीमतीबाट पीडित हुने लोग्नेहरुको संख्या बढिरहेको छ । बढी पैसा कमाउने श्रीमती वा प्रेमिकाहरुले कम कमाउने लोग्ने वा प्रेमीहरुलाई हेँप्ने तथा विभिन्न दुव्र्यवहार तथा हिंसा गर्ने बताइएको छ । यसरी स्वास्नी तथा प्रेमिकाबाट दुव्र्यवहार भोगेको भन्दै मन्त्रालयमा अघिल्लो वर्ष २५ जना पुरुषले उजुरी गरेका छन् । सन् २०१० मा यस्ता पत्नी तथा प्रेमिकापीडित ३२ जना तथा २००९ मा १४ जनाले उजुरी गरेका थिए ।
बढि कमाएको घमण्ड गर्ने महिलाहरुले आफ्ना पार्टनरलाई विभिन्न प्रकारका थिचोमिचो तथा हिंसा गर्ने गरेका छन् । कतिपय पुरुषमा पत्नी तथा प्रेमिकाको कुटपिटबाट गम्भीर चोट लाग्ने गरेको पाइएको छ भने संवेगात्मक अर्थात् मनोवैज्ञानिक दुव्र्यवहारका साथै कतिपय अवस्थामा आफ्नो लोग्नेलाई कोठामा थुन्ने गरेको समेत पाइएको छ ।
मलेसियाको महिला विकाश मन्त्रालयमा गएको वर्ष ४ जना पुरुषले आफु श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका थिए । यसरी पुरुष पीडित हुनुको मुख्य कारण श्रीमतीको कमाइ बढि हुनु नै थियो । बढि कमाउने भएपछि श्रीमती बढि भाले बन्ने तथा दबाउने प्रवृत्ति देखाउने गरेको बताइन्छ । कतिपय महिलाले घर कुर्ने लोग्नेले बढि खर्च गरेको, घर सफा नगरेको भन्नेजस्ता आरोप लगाएर समेत गाली गर्ने तथा दुव्र्यवहार गर्ने गरेका बताइएको छ ।
महिलाले यदि आफ्नो श्रीमानले भन्दा बढि कमाउन थालिन् वा स्वभाविक रुपमा उनमा घमण्ड बढ्ने र आफ्नो श्रीमानलाई नामर्द, औचित्यहीन तथा प्रयोगवीहिन वस्तुको रुपमा हेर्न थाल्ने भएकाले उनले लोग्नेमाथि हिंसा तथा थिचोमिचो सुरु गर्ने मनोविज्ञहरुको भनाइ छ । यसले अन्ततः दाम्पत्य जीवनमा खटपट आउने मात्र नभई पुरुषमा मनोवैज्ञानिक तथा शारीरिक असर समेत देखिन थाल्छन् र कतिपय अवस्थामा पुरुष हिंश्रक रुपमा देखापर्नसक्छ ।

No comments:

Post a Comment