Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 16 August 2012

यौनको रहस्य खुल्दै

'मस्तिष्कमा अद्भुत तरंग उत्पन्न हुन्छ । वरिपरि तिहारको झैं झिलिमिली दृश्यको देखिन थाल्छ ।' यौन सम्बन्धको क्रममा चरम आनन्द प्राप्त हुँदाको स्थितिलाई बखान गर्न वैज्ञानिक र शोधकर्ताले यस्तै वाक्यांशको प्रयोग गर्छन् ।
दुई मन मिल्ने स्त्री-पुरुषबीच यौन क्रीडाको क्रममा प्राप्त हुने सीमाविहीन सुखको अनुभूतिले मिलनलाई सफल बनाउनुका साथै थुप्रै प्रकारका शारीरिक एवं मानसिक रोगबाट पनि मुक्त राख्ने गरेको विज्ञहरू बताउँछन् । यौन सन्तुष्टिको अभावमा थुप्रै खाले रोग र मानसिक विकृति उत्पन्न हुने स्पेनका विशेषज्ञ मगडालेना सालामांसाले बीबीसीलाई बताइन् । 'यो महत्त्वपूर्ण पक्ष हो किनकि शारीरिक एवं मानसिक तृप्ति यसको लक्ष्य हो,' उनले भनिन् । उनको अनुसार धेरैखाले सामाजिक एवं पेसागत समस्या यौन असन्तुष्टिसँग जोडिएको हुन्छ । चिन्ता र तनाव पनि यौन मा शिखर आनन्दको प्राप्ति नहुँदा देखिने मानसिक विकृति भएको उनी बताउँछिन् । मानसिक रूपले सामना गर्नुपर्ने समस्याको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपले यही यौन सुखसँग जोडिएको मनोवैज्ञानिक अना लुना बताउँछिन् । केही महिनाअघि अमेरिकाको न्युजर्सीको रटगर्स विश्वविद्यालयका वैज्ञानिकले यौन क्रीडाको अन्तिम क्षणमा मस्तिष्कको ८० भिन्न भाग सक्रिय भएको पत्ता लगाए । 'एकअर्कामा पूर्णतः समर्पित भएर इमान्दारीपूर्वक राखिने सम्बन्धले रगतमा अक्सिजनको मात्रा बढाउँछ, रक्त प्रवाहमा सुधार आएर हरेक अंगमा पुग्ने गर्छ,' अनाले भनिन् । यो आधारमा शारीरिक र मानसिक स्वास्थ्यको यौन क्रियाका क्रममा महसुस हुने चरम सन्तुष्टिसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रस्ट हुन्छ । स्वस्थ व्यक्तिको जीवनको महत्त्वपूर्ण भागको रूपमा यौन तृप्तिलाई लिन सकिने अना बताउँछिन् । यसको अभावमा व्यक्तिमा रिस, उदासी र सन्काहा स्वभावको विकास हुन्छ । विभिन्न कारणले यौन सन्तुष्टि नपाएका र यसबाट टाढिने व्यक्ति सहज रूपले हाँस्न पनि सक्दैन । यौन खुसी नपाएका महिला-पुरुषले मुस्काउने प्रयास गर्दा अनुहारमा कठोरता र कृत्रिमता छर्लङ्गै देखिन्छ । यौन मनोवैज्ञानिकहरूका अनुसार यस्ता व्यक्ति सम्बन्धलाई राम्रो बनाउन भित्री सुख र आत्मसन्तुष्टिमा जोड दिनुभन्दा समाजमा पहिरन, मेकअप र शरीरको प्रदर्शन गरेर अरूभन्दा फरक देखिन खोज्छन् । 'स्वस्थ यौन जीवनको महत्त्व, रस र स्वाद नुबझेका यस्ता महिला-पुरुषहरू अंगुर खान नपाएपछि अमिलो भन्ने प्रवृत्तिका हुन्छन्,' मनोवैज्ञानिकहरू भन्छन्, 'सम्पत्ति, साधनस्रोत, पहुँच र सुन्दर शरीर हुँदा पनि इमान्दारीपूर्वक यौन ेच्छालाई स्विकारेर यसबाट आनन्द लिन नसक्ने व्यक्तिहरू कुण्ठा र नकारात्मक सोचबाट ग्रस्त हुन्छ ।' उनीहरूको अरू व्यक्तिको खुसी र प्रगतिलाई समेत ईष्र्या गर्ने खालको हुने गरेको विज्ञहरू बताउँछन् । यौन सूत्र वा ज्ञानलाई नबुझेका दम्पती र जोडीहरूको जीवन आडम्बर र नक्कलीपनाबाट सुरु भएर यसमै अन्त्य हुने गरेको देखिएको उनीहरू बताउँछन् । उनीहरूले बेलैमा सचेत भएर वास्तविकतालाई स्विकारेर यौन जीवनको भरपुर आनन्द लिने सुझाव दिन्छन् ।

No comments:

Post a Comment