Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 30 August 2012

अष्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपाली २६ हजार

अष्ट्रेलियामा स्थायी वसोवास गर्ने अर्थात पीआर लिने नेपालीहरुको संख्या २६ हजार पुगेको छ । अष्ट्रेलियाका आप्रवास तथा नागरितासम्बन्धी मन्त्री क्रिस्ड बाओएनले पछिल्लो ६ बर्षमा स्थायी बसोबास गर्ने नेपालीहरुको संख्या ह्वात्तै बढेको जानकारी दिनुभएको अष्ट्रेलियाबाट संचालित कम्युनिटी न्यूज पोर्टल एयुनेपाल डटकमले जनाएको छ ।
मन्त्री बाओएनका अनुसार सन् २००६ मा जम्मा ५ हजार नेपालीहरुले अष्ट्रेलियामा पीआर पाएको सन २०११को अन्त्यसम्ममा यो संख्या २६ हजार पुगेको हो । गैरआवासीय नेपाली संघको ७ औं क्षेत्रीय सम्मेलनलाई सिड्नीमा केहीवेरअघि सम्बोधन गर्दै उहाँले अष्ट्रेलियामा नेपाली समुदायले छोटो समयमा निकै धेरै प्रगति गरेको बताउनुभयो । उहाँले थप नेपालीहरु स्थायी बसोबासीका रुपमा स्वागत गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभयो ।
बहुसंस्कृति समाजले बिश्वका धेरै देश टुक्रिएको दृष्टान्त भएपनि अष्ट्रेलियाले बहुसांस्कृतिक समाजमार्फत एकता हुन्छ भन्ने सन्देश बिश्वलाई दिएको छ उहाँको धारणा थियो ।सम्मेलनलाई सम्बोधन गर्दै अष्ट्रेलियाको लेवर पार्टीका सांसद डा. जिइफ लिले आप्रवास नीतिको पुनरावलोकन भइरहेको त्यसमा नेपाली समुदायबाट रचनात्मक सुझावहरु आइरहेका बताउनुभयो । पुनरावलोकनसम्बन्धी बोर्डमा नेपाली समुदायबाट समेत प्रतिनिधि राखिएको उहाँले जानकारी दिनुभयो ।
अष्ट्रेलिया नेपाली समुदायबाट धेरै सन्तुष्ट रहेको भन्दै उहाँले नेपालीहरु अष्ट्रेलियाको समजमा समेत नेतृत्वमा पंक्तिमा पुग्न थालेको र अष्ट्रेलियाको जनशक्ति अभावमा समेत सकारात्मक सहयोग पुगेको बताउनुभयो ।

No comments:

Post a Comment