Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 20 August 2012

३२ बर्ष क्यानाडा बसोवास गरेको व्यक्तिलाई देश निकाला गरिँदै

क्यानाडामा ३२ बर्ष देखि स्थायी बसोवास पत्र (Permanent Residency – PR) प्राप्त गरी बसोवास गरिरहेको एक पोर्चुगीज नागरिकलाई क्यानाडा सरकारले स्थायी बसोवास पत्र समयमा नै नविकरण नगरेको निहुँमा देश निकाला गर्दैछ।
यहाँस्थीत रेडियो-क्यानाडा र एएफपीले जनाएअनुसार जोसे पिएरे नाम गरेका ती ५८ बर्षीय पोचुगीज (Portugal) नागरीकले आफू क्यानाडामा स्थायी बसोवास (PR) प्राप्त गरी बसोवास गरिरहेको र यहाँको नागरिकता (Citizenship) नलिएकोले जनाएका छन्।
हालै उनले क्यानाडाको नागरिकता आवेदन गर्दा उनले केही बर्ष अगाडी क्यानाडा सरकारले उनको बारेमा सोधपुछ गर्न पत्र पठाएकोमा उक्त पत्र हराएपश्चात उनले त्यसको जवाफ दिन नपाएपश्चात उनलाई क्यानाडा सरकारले देशव्यापीरुपमा वारेन्ट काटेको जनाइएको छ।
ती व्यक्तिको क्यानाडाको मोन्ट्रिएलमा घर, श्रीमती, छोराछोरी र नाति नातिना समेत भइसकेको अवस्थामा देश निकाला गरिन लागिएको हो।
उनले ३२ बर्षको क्यानाडाको बसाईमा यहाँको कुनै पनि कानून नतोडेको र सबै नीति नियमहरु पलना गरेर बसोवास गरिरहेका जनाएका छन्।
यस प्रकारको घट्नाले क्यानाडामा रहेका नेपालीहरुले यदि यहाँ स्थायीरुपले बसोवास गर्ने हो भने कुनैपनि सरकारी पत्रको ख्याल गर्नुपर्ने र सकेसम्म समयावधि पुगेपश्चात क्यानेडिएन नागरिकता लिनु जरुरी देखिएको छ।
क्यानाडाको कानून अनुसार कुनैपनि स्थायी बसोवासपत्र प्राप्त व्यक्ति लगातार ४ बर्षको अवधिमा क्यानाडामा ३ बर्ष बसोवास गरेको छ भने यहाँको नागरिकता पाउनको लागि योग्य मानिन्छ। ती पोर्चुगिजले नागरिकता पाउने योग्यता धेरै पटक पुगेता पनि उनले नागरिकता नलिएको अनुमान लगाउन सकिन्छ।
(News source: News24)

No comments:

Post a Comment