Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 15 September 2012

नेपाली विद्यार्थीहरु लाभान्वित अस्टे्रलियाको छात्रवृत्तिबाट

         संसारका विभिन्न मुलुकबाट हजारौँ डलर खर्च गरेर उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु अस्टे्रलिया आउँछन् । हजारौँ डलर खर्च गरेर उच्च शिक्षा लिनु, करिअर निर्माण गर्नु र अस्टे्रलियालाई नै कर्मथलो बनाउनु अधिकांश विद्यार्थीको उद्देश्य हुन्छ । यहाँका नाम चलेका विश्वविद्यालयहरुमा पैसा खर्च गरेरै भए पनि अध्ययन गर्न पाउनु आफैँमा एउटा अवसर पनि हो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यहाँका विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गरेपछि स्वदेशमा नै फर्केर आफ्नै मुलुकमा योगदान पुर्‍याउनेहरु प्रशस्तै छन् । अस्टे्रलियाका विश्वविद्यालयहरुमा हजारौँ डलर खर्चेर अध्ययन-अनुसन्धान गर्न आउने आउन चाहनेहरुलाई यो थाहा नहुन पनि सक्छ कि अस्टे्रलियाको सरकारले हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वर्षेनी छात्रवृत्ति प्रदान गरेर उच्च शिक्षाको अवसर पनि प्रदान गर्दछ । यस्तो छात्रवृत्तिबाट हालसम्म ४ सयभन्दा बढी नेपाली विद्यार्थीहरु लाभान्वित भएको अस्टे्रलियाका अध्यागमन मन्त्री क्रिस बावेनले हालसालै नेपालीको एउटा कार्यक्रममा सार्वजनिक रुपमा जानकारी गराएका थिए ।


वाषिर्क करिब २८ हजार बराबरको अध्ययन शुल्कका अतिरिक्त पुस्तक खरिद, बसाइँ ब्यवस्थापन र दैनिक खर्चका लागि अतिरिक्त खर्च एवं नेपाल जाने आउने खर्चका लागि समेत प्राप्त हुने गरी छात्रवृत्ति प्राप्त गर्नु अर्को ठूलो अवसर हो । यस्तो अवसर अस्टे्रलियामा आउन चाहने सबै विद्यार्थीहरुका लागि भने प्राप्त हुँदैन तर अलि बढी लगाव र लगनशील विद्यार्थीहरुले यो अवसर प्राप्त गर्न सक्छन् ।

अस्टे्रलियन सरकारको असएड छात्रवृत्ति कार्यक्रमअन्तर्गत वर्षेनी सयौँ विद्यार्थीहरु संसारका विभिन्न मुलुकबाट यहाँ उच्च शिक्षा अध्ययन र अनुसन्धान गर्न आउँछन् । यस वर्ष अर्थात् सन् २०१२ मा पनि यस कार्यक्रमअन्तर्गत ८० जना विद्यार्थी नेपालबाट अध्ययन अनुसन्धानका लागि यहाँ आउँदैछन् ।

नेपाली दूतावास क्यानबेराले दिएको तथ्याङ्कअनुसार सन् २०११ मा यस कार्यक्रमअन्तर्गत ४८ जना विद्यार्थी/अनुसन्धाताहरु अस्टे्रलिया आएका थिए । अर्थात्, कार्यक्रमको बजेटअनुसार हरेक वर्ष विद्यार्थीहरुको सङ्ख्या थपघट भइरहन्छ तर पछिल्ला वर्षहरुमा यसरी अवसर प्राप्त गर्नेहरुको संख्या बढ्दो छ ।

अस्टे्रलियन सरकारले आफ्नो वाषिर्क बजेटको झण्डै २ प्रतिशत रकम अन्तर्राष्ट्रिय सहायताका लागि छुट्टयाउँछ । सन् २०१२-१३ मा यो राशि करिब ५.२ बिलियन डलर रहेको छ । असएडले गर्ने अन्तर्राष्ट्रिय सहयोग खासगरी कम विकसित र अल्पविकसित मुलुककका शिक्षा, स्वास्थ्य, वातावरण, बाल अधिकार रक्षा, मानवअधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तन लगायतका क्षेत्रमा केन्दि्रत हुन्छ । नेपालले असएडअन्तर्गत यो वर्ष ३५ मिलियन डलर सहयोग प्राप्त गर्नेछ । अपि|mका, मध्यपूर्वी एसिया, क्यारेबियन, ल्याटिन अमेरिका तथा इण्डोनेसियाली र प्रशान्त क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन हुँदैआएका छन् । जसमा मुख्य रुपमा गरिबी निवारणका लागि जनतालाई सहयोग कार्यक्रमअन्तर्गत यी रकमहरु खर्च गरिन्छन् ।

सन् १९७४ मा अस्टे्रलियन विकास सहयोग संस्था (Australian Developmapt Assistance Agency-ADDA) को रुपमा सुरु भएको यो कार्यक्रम सन् १९९६ देखि AUSAD (असएड) का रुपमा सञ्चालन गरिएको हो । सन् २०१० देखि अस्टे्रलियाको परराष्ट्र मन्त्रालयले यस निकायको रेखदेख, व्यवस्थापन र कार्य सञ्चालन गर्दै आएको छ । असएड कार्यक्रमको महत्वपूर्ण अङ्गको रुपमा रहेको शिक्षाअन्तर्गत दिइने छात्रवृत्तिका बारेमा यस आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

असएड छात्रवृत्ति दुई किसिमबाट दिइन्छ । डेभलपमेन्ट अवार्ड र लिडरसीप अवार्डका रुपमा । दुवै छात्रवृत्तिअन्तर्गत असएडले सहयोग पुर्‍याउने मुलुकका विद्यार्थीहरुलाई अस्टे्रलियाका विभिन्न विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गरिन्छ । जसका लागि हरेक वर्ष निश्चित संख्यामा आवेदन खुला गरिन्छ र यहाँका विश्वविद्यालयहरुमा स्नातकोत्तर विद्यावारिधि गर्नका लागि योग्यता पुगेका व्यक्तिहरुले आवेदन गर्न सक्दछन् । यसरी छात्रवृत्ति प्राप्त गर्ने व्यक्तिले आफ्नो अध्ययन पूरा भएपछि कम्तीमा दुई वर्षका लागि आफ्नै देश (स्वदेश) फर्केर सेवा गर्नुपर्ने सम्झौतापत्रमा भने पहिल्यै हस्ताक्षर गर्नुपर्छ ।

यस्तो छात्रवृत्ति प्राप्त गर्न नेपालको कम्तिमा स्नातक तह उत्तीर्ण गरेको, कम्तीमा २ वर्षको कार्य अनुभव र अङ्ग्रेजी (IELTS) मा ६.५ समग्र ब्याण्ड स्कोर गर्नुपर्ने हुन्छ । हालसम्म यस्तो छात्रवृत्ति प्राप्त गर्ने नेपालीहरु नेपालकै कुनै सरकारी निकाय वा प्रतिष्ठित संस्था/संस्थानमा काम गरेका अधिकांश छन् ।

यी दुवै छात्रवृत्तिहरु पनि लामो र छोटो अवधिका हुन्छन् । कुनै छोटो समयको निश्चित तालिका सकेर फर्किनुपर्ने पनि हुन्छ, जसबाट आफूले काम गरिरहेको क्षेत्रमा थप दक्षता हासिल गर्न सकिन्छ भने लामो समयको अध्ययनले डिग्री सर्टिफिकेटका साथै योग्य र सक्षम व्यक्तित्व निर्माण गर्दछ ।

यस छात्रवृत्तिअन्तर्गत लामो समय अवधिका लागि अस्टे्रलियाका नेशनल युनिभर्सिटी मोनाश, युटिएस, सिडनी लगायतमा अध्ययन अनुसन्धान गरिरहेका अधिकांश नेपाली विद्यार्थीहरु अध्ययन सकेर स्वदेशमै काम गर्ने योजना बनाइरहेका छन् ।

माथि उल्लेखित दुई अवार्डमध्ये लिडरसीप अवार्डलाई अलि प्रतिष्ठित छात्रवृत्ति मानिन्छ । यो छात्रवृत्ति पाउन अलि बढी नै प्रतिस्पर्धा गर्नुपर्ने र सीमित संख्यामा मात्रै विद्यार्थी छनोट गरिने भएकाले अलि बढी गुणस्तरीय शिक्षा प्राप्त हुन्छ । यसै अवार्डअन्तर्गत अस्टे्रलियन नेशनल युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका विनोद चापागाईंको अनुभवमा अलि बढी नेतृत्व विकाससम्बन्धी कुराहरुमा अध्ययन केन्दि्रत हुनछ । आफ्नो अनुसन्धानको विषयका अतिरिक्त अस्टे्रलियाका विभिन्न विषय धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रका नेतृत्वकर्ताहरुसँग अन्तक्रिया, छलफल, भेटघाट र कार्यक्रमहरु गरी विद्यार्थीहरुलाई पनि स्वदेश फर्केपछि आफ्नो कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्ने बनाउनु यसको उद्देश्य हो ।

त्यसैले यस अवार्डका लागि छनोट गरिदा पनि नीति निर्माण तहमा काम गरेका अलि बढी नेतृत्व क्षमता भएका र भविष्यमा पनि आफ्नो कार्यक्षेत्रमा त्यसरी नै योगदान दिन सक्ने व्यक्तिलाई मात्रै यस्तो छात्रवृत्तिको अवसर प्रदान गरिन्छ । चापागाईंको अनुभवमा पनि यस छात्रवृत्तिका लागि छनोट हुनु निकै गौरवको कुरा हो ।

यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले अस्टे्रलिया बसाइका क्रममा वर्षमा निश्चित घण्टा काम गर्न, परिवार समेत ल्याउन सक्ने व्यवस्था छ ।

सूचना र जानकारीको अभावमा क्षमतावान् हजारौँ नेपालीहरु घरखेत घरौटी राखेर निजी खर्चमा अध्यन गर्न अस्ट्रेलिया वा अन्य कुनै देश जाने गरेका छन् । लाखौँ रुपैयाँ खर्च गरेर अस्टे्रलिया आई उच्चशिक्षा हासिल गर्न चाहनेहरुले यस छात्रवृत्तिअन्तर्गत आफूलाई पनि योग्य उम्मेदवारका रुपमा प्रस्तुत गरी अवसर प्राप्त गर्नु अझै गौरवको कुरा हुन्छ ।

No comments:

Post a Comment