Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 26 September 2012

८ घण्टामै आइफोन ५ ह्याक



अन्तराष्ट्रिय बजारमा तहल्का पिटिरहेको एप्पलको आइफोन ५ का विषयमा एउटा अविश्वसनीय तथा दुखलाग्दो खबर बाहिर आएको छ ।
अमेरिकाको सन फ्रान्सिस्कोका एक ह्याकरले आइफोन ५ रिलिज भएको ८ घण्टामै आफुले ह्याक गर्न सफल भएको दाबी गरेका छन् । ग्रान्ट पल नामका ती व्यक्तिले एप्पलका आइओएस अपरेटिङ सिस्टम सफ्टवेयर बनाउने गरेको बताइन्छ । आइफोन ५ ह्याक गरेको कुरा उनले आफ्नो टि्वटर मार्फत सार्वजनिक गर्दै टि्वट गरेका थिए, ‘जेलब्रोकन आइफोन ५ ।’
एप्पलको आइफोन तथा अन्य डिभाइस एप्पलकै अपरेटिङ सिस्टम तथा एप्पलले स्विकृति दिएका अन्य सफ्टवेयरबाट मात्र चल्ने गर्छ । तर पलले एउटा यस्तो तस्वीर टि्वटरमा पोष्ट गरेका थिए जसमा आफुले तयार पारेको तथा एप्पलले स्विकृति नदिएको अर्कै एप्लिकेसन सफ्टवेयर सिडिया एप्लिकेसन आइफोन ५ मा इन्स्टल गर्न सफल भएका छन् ।

No comments:

Post a Comment