Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday 23 October 2011

छोराछोरीको पढाई बिग्रने भन्दै बैंककमै पारसको तिहार

छोराछोरीको पढाई बिग्रने भन्दै दशैंमा वाबु पूर्वराजा ज्ञानेन्द्रका हातको टीका नलगाएका पूर्व युवराज पारस तिहारको भाईटीका लगाउन पनि काठमाडौ नफर्कने सम्भावना बढेको छ। बैंककमा छोराछोरीको पढाई बिग्रने वताएर दशैंमा नेपाल नआएका पूर्व युवराज पारस प्रभुसमसेर राणाले ब्यवस्था गरिदिएको फ्ल्याटमा बस्न सिंगापुर भने पुग्न भ्याएका छन्। एक मात्र छोरा पारस र बुहारी हिमानी दशैंमा आफ्नो हातवाट टीका थाप्न नआए पनि ज्ञानेन्द्रले शाहसँग आफ्ना शुभेच्छुक तथा समर्थकलाई भने टीका लगाइदिएका थिए।


दसैँमा टीका थाप्न छोराबुहारी नआएपछि पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल दुखित बनेको स्रोतले बताएको छ। दसैँयता पनि बाबु–छोराबीच सम्पर्क पनि कमै हुने गरेको छ। स्रोतका अनुसार पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी दसैँअगाडि बैंककबाट काठमाडौं आउने कार्यक्रम तय गरिएको थियो। तर, त्यसवीचमा उतै पढीरहेका छोराछोरीको पढाई विग्रने भन्दै कार्यक्रम रद्द भएको थियो।




पारस तिहारमा पनि स्वदेश फर्कने सम्भावना नरहेको उनको पारिवारिक स्रोतले जनाएको छ। तिहारमा पनि नफर्के उनकी एकमात्र बहिनी प्रेरणाले तिहारमा आफ्ना दाजुलाई टीका लगाउन पाउने छैनन्।
पूर्व युवराज्ञी हिमानी भने असोज २६ गते बैंककबाट काठमाडौं आएकी छन्। उनले काठमाडौंमै तिहार मनाउने भएकी छन्। हिमानी अचेल नियमित बैंकक बस्न थालेपछि गत वर्ष उनको नाममा घोषणा भएको हिमानी ट्रष्ट अलपत्र परेको छ। हिमानी स्वदेशमा भन्दा बढी बैंककमा बस्न थालेपछि उनको एनजिओ हिमानी ट्रस्ट पनि अलपत्र परेको हो। एक वर्षयता हिमानी ट्रष्टले काठमाडौं र दोलखाको नाम्दु लगायतका केही ठाउँमा समाजिक र परोपकारी काम गर्दै आएको थियो। हिमानी बैंककमै लामो समय रहेकाले पुल्चोकस्थित हिमानी ट्रस्टको कार्यालयमा प्रायः ताला लाग्ने गरेको छ। सो ट्रष्टमै रहेकी हिमानीकी नन्द प्रेरणा र अन्य सदस्यहरू पनि कार्यालयमा जाँदैनन्। हिमानी ट्रष्टकी सचिव पावना शाह पनि निष्क्रिय रहेको वताइएको छ।

No comments:

Post a Comment