Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 8 November 2011

माइकल ज्याक्सनको निजी चिकित्सक दोषी ठहर

अमेरिकास्थित लस एन्जेलसको एक अदालतले चर्चित पप गायक माइकल ज्याक्सनको मृत्युमा उनका निजी चिकित्सक कोनराड मरेलाई दोषी ठहर गरेको छ। गत केही महिनादेखि मरेबिरुद्ध लसएन्जेलसको अदालतमा चलेको मुद्दामा ४९ जनासंग बयान लिइएको थियो भने तीन सय भन्दा बढी सबुत पेश गरिएको थियो।



सन् २००९ जुन २५ मा मृत्यु भएका ज्याक्सनलाई उनकै निजी चिकित्सक मरेले शक्तिशाली एनेस्थेसिया दिएका कारण मृत्यु भएको ठहर उक्त अदालतले गरेको छ ।तर वकीलले भने ज्याक्सनले आफै एनेस्थेसिया लिएको भन्दै अदालतको निर्णयको बिरोध गरेका छन।

५८ बर्षिय मरेले भने आफूबिरुद्धको सुनुवाईका क्रममा केही पनि प्रतिक्रिया दिन मानेनन। सुनुवाई सुन्न माइकल ज्याक्सनका सयौं समर्थकहरु अदालत बाहिर उपस्थित थिए भने उनीहरुले अदालतको निर्णयको स्वागत गरेका छन। अदालतका निर्णय अनुसार चिकित्सक मरेलाई चार बर्षको जेल सजायँ हुने र उनको लाइसेन्स खारेज हुनेछ।

No comments:

Post a Comment