Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 9 November 2011

हमालले आफ्नो आक्रोश पोखे वालकुमारी माथी

तीन सन्तानकी आमाले आफुलाई पति दावी गरेपछि तनावमा परेका राजेश हमाल प्रहरी बोलबाटपछि बुधबार अपरान्ह काठमाण्डौं प्रहरी कार्यालय हनुमानढोका पुगे । फिल्मभन्दा बाहिर कहिलेपनि त्यस्तो क्रोधित मुद्रामा नदेखिएका हमाल हनुमानमा नराम्रोसँग जंगिए पत्नी दावी गर्ने बालकुमारीसँग ।

हमाल हनुमानढोको मुद्दा शाखामा पुग्दा पत्नी दावी गर्ने वालकुमारी अधिकारी सोफामा वसीरहेकी थिईन् । हमाल छिर्नेवित्तिकै वालकुमारी पनि उठिन् । ‘उहाँलाई टाढै राख्नुहोस’ भन्दै हमाल एक्कासि जङ्गिए । तपाईले के गर्न खोज्नुभएको यो ? हमालले आफ्नो आक्रोश पोखे वालकुमारी माथी । वालकुमारीले हमाललाई एक घन्टा समय दिनु, तपाई र म गोप्य ठाउँमा भेटेर कुरा गरौ न भन्दै आग्रह गरिन् । तर, हमालले यो आग्रहलाई मान्ने कुरै थिएन । हमाल केही समय जङ्गिएपछि प्रहरीले उनलाई अर्को कोठामा लग्यो ।

प्रहरीसँगको लामो छलफलपछि हमाल वाहिर निस्किए । ‘अव यो कुरालाई म के भन्नु ?- बाहिरिदै गर्दा हमालले संचारकर्मीसँग भने-उहाँ मानसिक सन्तुलन कमजोर भएको महिला हुनुहुन्छ भन्ने पुष्टि भैसक्यो, मैले आफ्नो सुरक्षाको माग गरें ।’

वालकुमारीका भाईलाई ‘सहयोग गरीदिनुभएकोमा धन्यवाद’ भनेका हमालले आफूले वालकुमारीको विरुद्ध कुनै कदम नचाल्ने वताए । उनले भने-’म उहाँको स्वास्थ्य लाभको कामना गर्दछु । मैले उहाँप्रति कुनै पुर्वाग्रही राखेको छैन । हनुमानढोकावाट निस्कने वेला एक महिला फ्यानलाई हमालले भनेका थिए-’सवै कुरा वन्नुहोस् तर चलचित्रको नायक चै नभन्नुहोस् है ।’ सेलिब्रेटी हुँदा प्राप्त सित्तैको बेइज्यतीप्रति हमालले कुण्ठा पोखे ।

‘बालकुमारी मानसिक रोगी’

राजेश हमाललाई आफ्नो श्रीमान् दावी गर्ने प्रहरी हवल्दार वालकुमारी अधिकारी मानसिक रोगी भएको उनका भाईले बताएका छन् । दिदी हनुमानढोका पुगेको थाहा पाएपछि चितवनबाट काठमाण्डौं आएका उनका भाई ढाकाराम अधिकारीले दिदी मानसिक रुपमा कमजोर रहेको र विगत २ वर्षदेखि औषधी खाईरहेको वताएका छन् ।

नेपाल प्रहरी अस्पतालमा अहिले उनको उपचार भईरहेको छ । भाई ढाकारामले उनको उपचारका सम्पूर्ण कागजपत्र प्रहरीलाई वुझाएका थिए । उनका श्रीमान् कृष्णवहादुर राना पनि प्रहरी पेशामा नै कार्यरत रहेका छन् । कृष्ण र वालकुमारीको विहे भएको १० वर्ष भएको छ । वालकुमारी १७ वर्षदेखि प्रहरीमा कार्यरत रहेकी छिन् । दुई बर्षदेखि बिरामी उनले औषधी खान छोडेकाले पनि अहिले उनको रोग वल्भिmएको भाइले बताए ।

चितवनवाट भागेर काठमाण्डौ आएकी बालकुमारीले हनुमानढोका पुगेर हमालविरुद्ध उजुरी हालेकी थिईन् । आइतवारदेखि सुरु भएको हमालको बिहे चर्चा मानसिक रोगीको लहडमात्रै भएको पुष्टी हुँदै अन्त्य भएको छ ।

No comments:

Post a Comment