Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 10 December 2011

राजेश हमाल हाँस्य टेलिश्रृङखला मेरी बास्सैमा

 एउटै अनुहार हेरेर वाक्क हुनुभएको छ, भने तपाईले यसबाट केहि हप्ताका लागि राहात पाउँनु हुने भएको छ ।

किनभने महानायक राजेश हमाल हाँस्य टेलिश्रृङखला मेरी बास्सैमा तीन साता सम्म देखिदैछन् । पहिलो पटक उनी हाँस्य टेलिश्रृङखला देखिदैछन् । शनिबार बेलुकी प्रसारण हुने उक्त श्रृङखलामा उनी राजेश हमालकै भूमिकामा देखिदैछन् ।

भोली प्रस्तुत हुने श्रृङखलामा धुर्मुसले नक्कली राजेश हमाल बनी महानायकका फ्यानहरूलाई ठग्दैछन् । जस अनुरूप आफ्नो नाम ठगी गर्दे दर्शक भाड्न लागेको खबर एक प्रोड्यूसरबाट थाहा पाएपछी हमाल धुर्मुसलाई भेट्न उनको गाउँ पुग्नेछन् ।

गत शनिबार धुर्मुसले मेरी बास्सै खेल्नका लागि प्रस्ताव गरेको जानकारी राजेशका सहयोगि चिरञ्जीवी आचार्यले दिए । राजेशले स्क्रिप्ट चित्त बुझेपछी उत्सुकताका साथ अभिनय गर्न राजी भएका हुन् रे । महानायकले मेरी बास्सैका लागि सित्तैमा अभिनय गरेका हुन् रे ।

No comments:

Post a Comment