Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 10 December 2011

स्मार्टफोनको बजारमा सबैभन्दा अग्रणी छ, आइफोन फोर एस।


स्मार्टफोनको बजारमा सबैभन्दा अग्रणी छ, आइफोन फोर एस। मोबाइलका सौखिनहरू एप्पलको यो उत्पादनप्रति आकषिर्त नहुने कुरै भएन तर यसको महँगो मूल्यले धेरैलाई निराश वनाएको छ। त्यसो त अब निराश भैहाल्नुपर्ने अवस्था पनि छैन, किनभने यसको विकल्पमा केही नयाँ स्मार्टफोन आउँदैछ, जसले तुलनात्मक रूपमा सस्तो मूल्यमै आइफोनको प्यास मेटाइदिनेछन्।

नोकिया लुमिया-८००

एप्पलको आइफोन फोर एस र सामसुङ ग्यालेक्सि-२ को सफलता पछि नोकियाले लुमिया-८०० बजारमा उतारेको हो। १ सय ४२ ग्राम तौ लको यो सेटमा ३ दशमलव ७ इन्चको अमोल्ड फुल टच स्त्रिmनको डिस्प्ले छ। लुमियामा ७ दशमलव ५ मेङ्गो अपरेटिङ सिस्टम छ भने ८ मेगापिक्सेलको क्यामेरा छ। १ जिबी र्‍याम र १६ जिबी मेमोरीयुक्त यो सेट आइफोन फोर एस भन्दा आधा सस्तो पर्छ।

सामसुङ ग्यालेक्सि एस-२

मोबाइल फोटोग्राफीका शौखिनहरूले अब आइफोन नै बोक्नुपर्छ भन्ने छैन। विकल्प हो सामसुङ ग्यालेक्सी एस- २। यसमा भएको ८ मे गापिक्सेलको क्यामेराले उत्कृष्ट तस्बिर खिच्न सकिन्छ। फुल एचडी रेकर्डिङ र प्लेब्याक सुविधासहितको सेटमा ४ दशमलव ३ इन्चको डिस्प्ले छ। स्लिम डिजाइन रुचाउनेहरूका लागि पनि यो सेट रोजाइमा पर्न सक्छ। यसमा ड्युल कोर एप्लिकेसन प्रोसेसर छ।

मोटोरोला आरएजेडआर एक्सटी-९१०

अहिलेसम्मकै पातलो बडी भएको सेट हो यो। यसको साइज ७ दशमलव १ मिलिमिटर छ। ५ मेगापिक्सलको क्यामेरा युक्त यो सेटले जीएसमएम र थ्रीडी सर्पोट गर्छ। यसमा १ गिगाहर्जको टी आइ ओएमएपी ३६२० वाला प्रोसेसर छ। यो सेटमा ५ सय १२ एमवी र्‍यामका साथ २ जिवीको इन्टरनल मेमोरी पनि छ।

सामसुङ ग्यालेक्सी नेक्सस

एन्ड्रोइड डिभाइसमा रुचि राख्नेहरूका निम्ति यो स्मार्टफोन रोजाइमा पर्न सक्छ। यसमा ४ दशमलव ५ इन्चको सुपर एचडी डिस्प्ले छ। ९ एमएमको पातलो बडीयुक्त सेटको प|mन्टमा १ दशमलव ३ एमपी र अर्कातिर ५ एमपीको क्यामेरा छ। यसमा ३२ जिबी मेमोरी छ।

एचटिसी सेन्सेसन एक्सई

यदि राम्रो साउन्डका लागि आइफोन खोजिरहनुभएको छ भने त्यसको विकल्प वन्न सक्छ एचटिसीको यो स्मार्टफोन। यसको साउन्ड क्वालिटी आइफोन फोर एस जत्तिकै छ। ४ दशमलव ७ इन्चको डिस्प्लेयुक्त यो सेटमा ८ मेगापिक्सेल क्यामेरा छ। यसले मोटोरोलामा जस्तै जीएसएम र थ्री डि सपोर्ट गर्छ। यसमा १ दशमलव ५ गिगाहर्जको क्वाल्कम एमएससाएम ८२५५ प्रोसेसर छ।

No comments:

Post a Comment