Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 10 December 2011

शताब्दीकै अन्तिम खग्रास चन्द्रग्रहण


 यो शताब्दीको खग्रास चन्द्रग्रहण मार्ग २४ गते शनिबार राति -धान्यपूणिर्माको दिन) ६ः३० बजे लाग्दैछ। यो       चन्द्र ग्रहण ६ः३० मा स्पर्श हुनेछ, ८ः१७ बजे मध्य हुनेछ र १०ः३ मा मोक्ष हुनेछ। यो चन्द्रग्रहण ३ घण्टा ३३ मिनेट लाग्नेछ। चन्द्रग्रहणको वैज्ञानिक दृष्टिले जति महत्त्व छ त्यति नै महत्त्व धार्मिक दृष्टिले पनि छ। यो घटनालाई पूर्वीय शास्त्रीय परम्परामा एउटा ठूलो ...पर्वका रूपमा हेरिन्छ। चन्द्रग्रहणका बेला सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने र यो बेला दान-जप आदिजस्ता पुण्य कार्य गरे त्यसबाट धेरै फल मिल्ने कुरा शास्त्रमा लेखिएको छ। चन्द्रग्रहण लागेका बे ला मिथुन, कन्या, मकर र कुम्भ राशिले हेर्न हुने र अरू राशि भएका व्यक्तिहरूले हेर्न नहुने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्य ग्रहणको स्थिति सिर्जना हुन्छ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वील्ााई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छे किदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ।

प्रत्येक औंसी र पूणिर्मामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला। सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन। पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउाछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वीसित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबे ला ग्रहण हुन्छ।
See More

No comments:

Post a Comment