Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday 13 January 2012

गुगलसँग टि्वटर रिसायो

सामाजिक संजाल टि्वटरले गुगलले आफ्नो सामाजिक संजाल गुगल प्लसमा गरेको पछिल्लो परिवर्तनको आलोचना गरेको छ । गुगल प्लसको सर्च रिजल्टमा परिवर्तन गरिएपछि टि्वटर असन्तुष्ट बनेको हो । गुगल प्लसमा राखिएको नयाँ फिचर सर्च प्लस योर वल्र्डले गुगल प्लसबाट खोजि गरिएका विषयवस्तुहरु स्वतः माथिल्लो दर्जामा राख्ने भएकाले त्यसको टि्वटरले विरोध गरेको हो ।
टि्वटरका वकिल एलेक्स म्याकगिल्लीभ्रेले गुगलको पछिल्लो काम इन्टरनेटको इतिहासमा खराब दिन भएको बताएका छन् । फेसबुक लगायतका सामाजिक संजाललाई चुनौति दिनेगरी गुगलले आफ्नो सामाजिक संजाल गुगलप्लसलाई नयाँ रुपमा अघि बढाइरहेको बेला पछिल्लो फिचर थपेको हो ।
हालै गुगलप्लसमा थप गरिएका ३ वटा फिचरमा पर्सनल रिजल्ट, प्रोफाइल इन सर्च र पिपुल इन पेजेज हुन् । पर्सनल रिजल्टको माध्यमबाट प्रयोगकर्ताले गुगल प्लस फोटो, पोष्ट तथा अन्य सामाग्रीको खोजी गर्न सक्नेछन् । त्यस्तै प्रोफाइल इन सर्च फिचरको माध्यमबाट प्रयोगकर्ताले इच्छाएका तथा फलो गर्न इच्छुक व्यक्तिहरु पत्ता लगाउन सक्नेछन् । पिपुल एन्ड पेजेजको प्रयोग भने खास विषयवस्तु तथा क्षेत्रका व्यक्तिका प्रोफाइल र पेज पत्ता लगाएर फलो गर्न सकिनेछ ।
पछिल्लो परिवर्तनका कारण गुगल सर्च इन्जिनमा गरिने खोजीमा टि्वटर भन्दा अगाडि गुगल प्लसका जानकारीहरु आउने भएपछि टि्वटरले असन्तुष्टि जनाएको हो । टि्वटरका वकिलले गुगल प्लसलाई समेत सर्च रिजल्टमा समावेश गरिएपछि प्रयोगकर्तालाई सर्च इन्जिनमा खोजी गर्दा सही र एकिकृत सूचना पाउन झनै गाह्रो हुने बताए । टि्वटरले निकै छिटो तथा विश्वसनीय समाचार दिँदै आएकोमा गुगलको पछिल्लो हस्तक्षेपले गर्दा इन्टरनेट प्रयोगकर्तालाई टि्वटरका जानकारी पाउन मुस्किल पर्ने र उनीहरुले सही सूचना नपाउने खतरा हुने टि्वटरका वकिलको दाबी छ । तर गुगलले भने टि्वटरले आफुसँग सम्झौता नविकरण नगरेकाले गुगल प्लसमा पछिल्लो परिवर्तन गरिएको जनाएको छ ।

No comments:

Post a Comment